राज्य आतंकको चरम नमूना बन्दै सिन्धुलीको दुधौली २ : एमाले अध्यक्ष उम्मेद्वार समेत घरदैलोबाट बञ्चित



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. २ मा स्थानीय एमाले कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताबिच कृतिम झगडा सिर्जना गरी नेकपा एमालेका पाँच जना युवा नेतालाई पक्राउ गरी थुनामा राखिएको छ ।

दुधौली २ चितारी टोलका काँग्रेस कार्यकर्ता शम्भु धामीको घरमा भएको दनुवारी समुदायको पूजामा प्रयोग हुने तरबार दुधौली १ एमाले कार्यकर्ता शम्भुदीप अधिकारीले ल्याई काँग्रेस कार्यकर्तालाई सांघातिक हमला गर्न प्रयोग गरिएको भनी झुटा आरोप लगाई पक्राउ गरी थुनामा राखिएको छ ।

त्यसैगरी दुधौली २ का एमाले अगुवा कार्यकर्ता सबिन भुजेल, सागर राउत, मीन प्रसाद बराल, कृष्ण न्यौपाने समेतलाई जिल्ला प्रशासन कार्यालयमा हाजिरी गराई छोड्ने गरी पठाउन अनुरोध गरे अनुसार एमाले दुधौली कमिटीको निर्देशनमा हाजिरी गराउन जिल्ला प्रशासन कार्यालय पठाएका अन्य चार कार्यकर्तालाई समेत पक्राउ गरी थुनामा राखिएको छ ।

गैर सरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष खेटराज अधिकारी, नेकपा एमाले दुधौली १ का अध्यक्ष डिल्ली बहादुर भुजेल, सचिव दिनेश सापकोटा, गत निर्वाचनमा दुधौली १ का अध्यक्ष उम्मेद्वार भरत पहाडी लगायत नेकपा एमाले वडा कमिटीका पदाधिकारी समेत अन्य २३ जनालाई पक्राउ पूर्जी जारी गरिएको छ ।

नेपाली काङ्ग्रेसले एमालेका वडा नम्बर १ र २ का अगुवा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर आतंक सिर्जना गरेको छ भने दुधौली-२ बाट एमाले वडाध्यक्षका उम्मेदवार रितेश राउत लगायत पाँचै उम्मेदवारहरुलाई पक्राउ पुर्जी जारी गरी घरदैलो कार्यक्रमबाट आजको मितिसम्म बन्चित गरिएको छ ।

एमाले उम्मेद्वार घरदैलोबाट बन्चित हुँदै गर्दा काँग्रेस उम्मेद्वार र कार्यकर्ताहरुले भने प्रहरीको स्कटिङमा मध्यरातसम्म पैसा बाड्ने र धम्क्याउने कार्य जारी राखेका छन् ।

पक्राउ पुर्जी जारी गरिएको भनिएका धेरै एमाले कार्यकर्ताहरु त्यो दिन जिल्ला बाहिर रहेको बुझिएको छ ।

२०५४ सालमा तत्कालीन नेकपा माओवादीले काँग्रेस महाधिवेशन प्रतिनिधि प्रेमनाथ अधिकारीलाई हत्या गरेपछि नेकपा एमालेका ५३ अगुवा कार्यकर्ताहरुलाई पक्राउ गरि चरम यातना दिईएको थियो भने एमालेका ४ जना निर्दाेष नेताहरूलाई ९ वर्ष जेल हाली सर्वाेच्च अदालतबाट हत्यामा संलग्न नभएको भन्दै सफाई दिईएको थियो ।

जब–जब काँग्रेस सत्तामा जान्छ त्यसबेला दुधौली १ र २ मा राज्य आतंक बढाउने भएकोले १ महिनापछि बन्ने एमालेको सरकारपछि छानीछानी काँग्रेस कार्यकर्तालाई बदला लिने एमालेका जिल्ला नेताले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्