त्रिज्योति माविमा निर्वाचन (फोटोफिचर)



काठमाडौं । त्रिज्योति माविले विद्यालयमा कक्षा ५ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु मार्फत स्कूल क्याप्टेन, भाइस क्याप्टेन निर्वाचनका मार्फत छनौट गरेको छ ।

स्थानीय निर्वाचनको प्रभाव सामाजिक जीवनमा परिरहेका बखत निर्वाचन प्रक्रिया कसरी अगाडि बढ्न सक्छ भन्ने जानकारी गराउने प्रमुख उद्देश्य सहित सामाजिक विषय अध्यापनरत शिक्षिका अञ्जु लामाको संयोजनमा आयोजित उक्त निर्वाचनको सहजीकरणका लागि मावि कार्यक्रम संयोजक सुनिल डोटेल, धनबहादुर बस्नेत, कमला पुडासैनी, मनोज गौतम र रितु यादवले प्रमुख भूमिका निर्वाह गरेको उक्त निर्वाचनबाट विद्यालय क्याप्टेन र भाईस क्याप्टेन आज नै छनौट हुने कुरा पनि आयोजकबाट जानकारी प्राप्त भएको छ । त्रिज्योति माविमा आयोजित उक्त निर्वाचनका माध्यमबाट बालबालिकाले निर्वाचनको प्रक्रियाको बारेमा यथेष्ट जानकारी पाउने वातावरण विद्यालयले मिलाएको कुरा विद्यालयका प्राचार्य गणेश कुमार मिश्रले बताएका छन् ।

यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक विकासमा प्रयोगात्मक विधिका माध्यमबाट योगदान पुग्नेछ भन्ने कुरामा त्रिज्योति सदैव सचेत रहेको कुरा पनि प्राचार्य मिश्रले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्