नेकपा एस बूढानीकलण्ठ ११ लाई ठूलो धक्का : प्रभावशाली नेतृ सुशीला बस्नेत एमालेमा प्रवेश



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एवम बूढानीलकण्ठ ११ निवासी सुशीला बस्नेत नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी बूढानीलकण्ठ ११ पार्टी कमिटीका प्रभावशाली नेतृ समेत हुन् ।

पार्टी फुटसँगै नेतृ बस्नेत नेकपा एसमा सक्रिय रहेकी थिईन् । आगामी बैंशाख ३० को स्थानीय तह निर्वाचनको सम्मुखमा बस्नेतले नेकपा एमाले प्रवेश गरेसँगै नेकपा एस बूढानीलकण्ठ ११ लाई ठूलो धक्का पुगेको छ ।

हिजो मात्र नेकपा माओवादी केन्द्र बूढानीलकण्ठ ११ का अध्यक्ष कृष्ण कुमार भट्टराई नेकपा एमालेमा प्रवेस गरेका थिए।

नेकपा एमाले बूनपा ११ वडा कमिटीका अध्यक्ष कृष्ण भट्टराईले बस्नेतको आगमनसँगै नेकपा एमाले बूढानीलकण्ठ ११ लाई निकै ठुलो सहयोग पुग्नुको साथै आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयउन्मुख रहेको समेत बताए । नेकपा एसमा रहँदा नेतृ सुशीला बस्नेतले बूढानीलकण्ठ नगरपालिकामा संगठन विस्तार, निर्माण र परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्