वडावासीको सल्लाह र सुझावको लागि इमेलसहित बूनपा ११ को प्रतिवद्धतापत्र (पूर्णपाठसहित)



काठमाडौं । नेकपा एमाले बूढानीकलण्ठ नगरपालिका वडा नं. ११ कमिटीले वडावासीको सल्लाह र सुझावको लागि इमेलसहितको प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचनलाई लक्षित गरी स्थानीय पत्रकारसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बूनपा ११ सम्भवत इमेलसहित प्रतिवद्धतापत्र सार्वजनिक गर्ने नगरकै पहिलो वडा रहेको पार्टी अध्यक्ष कृष्ण भट्टराईले बताए ।

नेकपा एमाले बूनपा ११ का तर्फबाट वडा अध्यक्षमा राजु अधिकारी पुनः चुनावी मैदानमा उत्रिएसँगै वडावासीले विगतमा अधुरा रहेको केही विकास निर्माणको कामको गतिले चाडै पूर्णता पाउने अपेक्षा गरेका छन् भने वडाध्यक्षका प्रत्यासी अधिकारीले पनि वडावासीको मागलाई आफूले नै चाँडोभन्दा चाँडो सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । वडाध्यक्षका प्रत्यासी अधिकारी सहित सदस्यका उम्मेद्वार बिनोद कुमार तामाङ र रत्ना नगर्जी यसअघिका जननिर्वाचित प्रतिनिधि हुन् भने डल्ले लामा र प्यारी कुमारी बास्तोला (कञ्चन) सदस्यका नयाँ उम्मेद्वार हुन् ।

नेकपा एमालेको फुटसँगै स्थानीय राजनीतिक विश्लेषकहरुको धारणा अनुरुप केही कमजोर मानिएको बूढानीलकण्ठ ११ मा घरदैलो कार्यक्रममा देखिएको स्थानीयहरुको उल्लासमय सहभागीता र वडावासीको अपार समर्थनले राजु अधिकारीको टिम बलियो प्रतिस्पर्धीको रुपमा खडा भएको छ ।

वडावासीको मागलाई न्यायसंगत ढङ्गले कार्यसम्पादन गर्न सक्ने र मिजासिला व्यक्तित्वका रुपमा चिनिएका निवर्तमान वडाध्यक्ष अधिकारी यतिबेला चुनावी प्रचारको लागि वडावासीको घरदैलोमा छन् । घरदैलो कार्यक्रममा नगरप्रमुखका उम्मेद्वार मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र अधिकारी सहितको टोलीलाई स्थानीयहरुले टिका लगाउने, आशिर्वाद दिने र आफ्ना गुनासा समेत सुनाउने गरेको देखिन्थ्यो । स्थानीयहरुले उम्मेद्वारहरुलाई दही खुवाउने, दुध खुवाउने गरी घर–घरबाट आत्मीयता दर्शाएको दखिन्थ्यो ।

घरदैलोमा वडावासीले दर्शाएको आत्मियता र विगतमा आफूले जनप्रतिनिधि भई विविध कारणवस पूर्णता दिन नसकेका अपुरा योजनालाई समेत आउँदो कार्यकालमा पूर्णता दिदै प्रतिवद्धतापत्रमा व्यक्त गरिएका बुँदाहरुलाई अक्षरस पालना गर्न आफू तत्पर रहेको अधिकारीले बताए ।

नेकपा एमाले बूढानीलकण्ठ ११ को प्रतिवद्धतापत्र :

यो पनि पढ्नुहोस्

नेकपा एमालेबाट बूढानिलकण्ठ–११ को वडा अध्यक्षमा पुनः राजु अधिकारी सर्बसम्मत

आपतकालिन अवस्थामा निजी गाडी निःशुल्क दिने वडाध्यक्ष अधिकारीको घोषणा

‘बूनपा ११ लाई नगरकै पर्यटकीय हब बनाउँछु’ : वडाध्यक्ष अधिकारी

प्रतिक्रिया दिनुहोस्