‘समृद्ध ककनी’का लागि मैदानमा युवा नेतृ सुनिता लामा (लजिता)



पारिवारिक पृष्ठभूमि

नेपालको राजधानी नजिकै ककनी गाउँपालिका वडा नं ४ मा रहेर पनि विकासमा ओझेल परेको ठाउँमा अत्यन्तै साधारण परिवारमा २०४४ सालमा बुवा पल्गु लामा र आमा निर्मला लामाको जेठी सन्तानको रुपमा जन्मेकी लजिता (सुनिता)को बाल्यकाल अत्यन्तै अभाव र कैयौं दुःख कष्टमा हुर्केकी हुन् । जेठी सन्तान भएकोले सानैमा  घर व्यवहार सम्हालेकी उनले कैयौं दुःख, कष्ट, अनेकौं हण्डर पार गर्दै अनुभव बटुलेकी निकै आत्मविस्वासी, निस्वार्थी, जुझारु समाजसेवी तथा सामाजिक अभियन्ता अनी युवा महिला नेतृ हुन् ।

समाजसेवा तथा राजनीतिक यात्रा

२०६६–६७ सालतिर +२ सम्मको पढाई सकिएपछि के गर्ने भन्ने दोधारमा रहेकी उनी आफ्नै आमाको समाजसेवा कर्मबाट प्रभावित भई यस क्षेत्रमा लागेको बताउछिन् । आमा निर्मला लामाले करिब २०५७ सालतिर आफ्नै गाउँमा पहिलो पटक प्रौढ शिक्षा माग गरि आफैं पनि दिन भरि काम गरि सबै आमा तथा दिदीबहिनीलाई पनि बेलुकाको समयमा पढ्न अनुरोध गर्थिन् । उनका आमा निर्मलाले सामाजिक कार्यहरु ‘समाज परिवर्तनका लागि महिला साक्षरता’, ‘एक घर एक शौचालय’, ‘आर्थिक सहयाताको लागि एक घर एक बाख्रा उपहार’ जस्ता अनेकौं अभियान चलाएकी थिइन् । गाउँमा पढेलेखेकी जेठी छोरी भएकोले आमाको यो अभिभारा आफैं माथि परेको र अहिले विभिन्न संघसंस्था हेल्पफर इन्टरनेशनल, ग्रामिण तथा सामाजिक बिकास, गरिवी निवारण कोष जस्ता अनेकौं प्रोजेक्टहरु सफल परेको अनुभवी पात्र हुन् लजिता (सुनिता) लामा । यसै सामजिक सेवामा लागिरहँदा अग्रज सरहरुबाट अभिप्रेरित भई राजनीतिक यात्रा तय भएको बताउँछिन् । हाल नेकपा एमालेको नुवाकोट जिल्ला सदस्यसम्मको यात्रा गरिसकेकी छिन् । हाल छाप गैरी वन–उपभोक्ता समूह र ककनी ४ स्थित ल्हास्सो फ्याफुल्ला महिला उद्यमी सहकारी संस्था र सरस्वती महिला समूहका साथै दर्जनौं समूहहरु स्थापना गरि सक्रिय राजनीति तथा समाजसेवा गरिरहेकी छिन् । निरन्तर निस्वार्थ समाजसेवी योगदानको कारण बिशेष गरि युवा तथा महिलाहरुमा चिरपरिचित छिन् र यसपालीको चुनावमा जित सुनिश्चित भएको स्थानीय आमा समूह अध्यक्ष कृष्णामाया बताउँछिन् ।

अबको यात्रा र उम्मेद्वारी

अब यसै पनि समाजसेवामा लगि सकेकीले जीवनभर असाहय, अशक्त र गरिवी जनता, उत्पीडनमा परेकी महिला तथा बालबालिकाको हितमा जीवन समर्पण गर्ने बताउँछिन्  । अब को मुख्य लक्ष्यहरु ‘आर्थिक समृद्धिको लागि सहकारी अवधारणा लाई प्रोत्साहन’, ‘युवा स्वरोजगार लाई सिप तथा कला विकास अभियान’, ‘समाज रूपान्तरणको लागि महिला सशक्तिकरण’, ‘विकास बजेटलाई सदुपयोग तथा भ्रष्टाचार निर्मुलीकरण’,‘सामाजिक सुरक्षा भत्ता घरमै डेलिभरी’, ‘विभिन्न वीमाहरु तत्काल लागू’, ‘आधुनिक कृषि उत्पादन तथा व्यवस्थित बजारीकरण’, ‘आधुनिक फोहोर मैला व्यवस्था रोल मोडेल तयारी’, ‘सडक तथा पदमार्गहरुको स्तरोन्नति तथा नव निर्माण’ अन्य विविध लक्ष्यहरु प्रभावकारी ढङ्गले लागू गर्ने र आर्थिक, सामाजिक, र भौतिक रुपमै ‘सुखी ककनी, समृद्ध ककनी’ आफ्नै जीवनकालमा सम्पन्न गराउने प्रतिबद्धता जनाउँछिन् । 

प्रतिक्रिया दिनुहोस्