बूनपा ११ मा माओवादी केन्द्रका पूर्व अध्यक्ष कृष्ण कुमार भट्टराई एमालेमा प्रवेश : डा. राजन भट्टराईले गरे स्वागत



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका पूर्व वडा कमिटी अध्यक्ष कृष्ण कुमार भट्टराईलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले स्वागत गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को संगठन विस्तार र विकास निर्माणमा सक्रिय रहेका अध्यक्ष रहेका भट्टराई २०५८ सालदेखि नेकपा माओवादीमा आवद्ध थिए । नवप्रवेशी भट्टराईलाई प्रमुख अतिथि डा. राजन भट्टराई लगायत बागमती प्रदेस कमिटी सदस्य संगम गहतराज, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, नगर कमिटी अध्यक्ष प्रदिप डंगोल सहितका नेता तथा कार्यकर्ताहरुले नेकपा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्