नेपाल पत्रकार महासंघ डडेलधुरा शाखामा ध्यानाकर्षण ,सार्वजनिक हितका लागि निर्माण भवनमा तोडफोड



नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा अज्ञात समुहले तोडफोड गरेका छन् । सो घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा ताला लगाइरहेको उक्त भवनको ताला तोडेर अज्ञात समूहले शाखाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेको दराज तोडफोड गर्नुका साथै सभाकक्ष, स्टोरलगायतमा क्षति पु¥याउने काम गरेको उल्लेख गरिएको छ ।

‘जुनसुकै उद्देश्यले भए पनि सार्वजनिक हितका लागि निर्माण भएको भवनमा यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै शान्तिसुरक्षा र अमनचैनविरुद्धको कार्य हो । महासंघ घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्