बूढानीलकण्ठ १२ मा नेकपा एमाले हाइहाई, अरु सबै बाईबाई !



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा पुनः उम्मेद्वारी दिएका शुम्भुप्रसाद भट्टराईको लोकप्रियतालाई लिएर एक स्थानीय अनलाईन न्यूज पोर्टले चुनावको मुखमा अनर्गल प्रचारप्रसार गरेका छन् ।

उक्त अनलाईनले नेकपा एमाले बुढानिलकण्ठ १२ का संगठित सदस्य भन्दै प्रचार गरिएका प्रदिप जमकट्टेल कुनै पनि जिम्मेवारीमा नरहेको पाइएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा विपक्षीहरुले सोचभन्दा बढी नेकपा एमाले बुढानिलकण्ठ १२ को बढ्दो प्रभाव र शक्तिसँग तर्सिएर विपक्षीहरुले भ्रमपूर्ण हल्ला फैलाएको नेकपा एमालेका एक नेता बताउँछन् ।

नेकपा एमालेको संगठित सदस्य प्रदिप जमकट्टेल नेपाली कांग्रेसमा प्रवेश गरेको भनी कपनकै एक स्थानीय अनलाइन न्युज पोर्टलले सम्प्रेषण गरेको समाचारमा कुनै सत्यता नरहेको भन्दै वडाध्यक्षका प्रत्यासी शम्भु भट्टराईले उक्त समाचारप्रति खेद् प्रकट गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का नेकपा एमालेका अध्यक्ष उम्मेदवार शम्भु प्रसाद भट्टराई विरुद्ध निरन्तर नकारात्मक समाचार लेख्दै आएको सो अनलाइनका सम्पादकको पारिवारिक सम्बन्ध वडा नं १२ मा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार संग रहेकोले अनर्गल प्रचारको सहारा लिएको नेकपा एमाले बुढानिलकण्ठ–१२ ले दावी गरेको छ ।

निरन्तर आफ्ना विरुद्ध विष बमन गर्दै नकारात्मक प्रचारमा उत्रिएको सो अनलाइनका सम्पादक र वडा नं १२ का कांग्रेस उम्मेदवार सुनित चालिसे ज्वाई–जेठान भएकोले पत्रिका नै खनिएर लाग्ने क्रममा आज जमकट्टेल नेकपा एमालेको भनी गलत प्रचार गरिएको भट्टराईले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्