नवौं अधिवेशन अन्त्य कर्णाली प्रदेशमा



सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ । अधिवेशनको १७ औं बैठक गएको चैत्र २१ गते सोमबार बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्