नेकपा एमालेबाट बूढानीलकण्ठकी एकमात्र महिला वडाध्यक्ष उम्मेद्वार सुमित्रा त्रिपाठी पाण्डे



बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेकी सुमित्रा त्रिपाठी पाण्डे बूढानीलकण्ठका १३ वडामध्येबाट एक्ली महिला वडाध्यक्षका उम्मेद्वार
हुन् ।

गत स्थानीय निर्वाचनमा लोकप्रिय मत ल्याई वडा सदस्यमा निर्वाचित सुमित्राले विगत दुई वर्षदेखि कार्यवहाक वडाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छन् ।

महिला अधिकार र सामाजिक जागरणको क्षेत्रमा दशकौंदेखि क्रियाशील पाण्डेको उम्मेद्वारीलाई बूढानीलकण्ठ नगरभित्रै विशेष रुपमा हेरिएको छ । स्थानीय सरकार जनताको दैनिक समस्यासँग जुध्नुपर्छ । अझैपनि शहरी महिलाहरुलाई घरधन्दा र चुलोचौकाले नै पिरोलीरहेको अवस्थामा कार्यवहाक वडाध्यक्षको रुपमा निर्वाह गरेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ ।

को हुन् सुमित्रा त्रिपाठी पाण्डे ?

२०३२ सालमा काभे्रपलाञ्चोकमा पूज्यलक्ष्मी र माधव प्रसाद त्रिपाठीको पहिलो सन्ताको रुपमा जन्मिएकी सुमित्रा त्रिपाठी पाण्डे हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ मा स्थायी रुपमा बसोबास गर्दै आएकी छन् । विष्णुलक्ष्मी र लक्ष्मी प्रसादका सुपुत्र रामप्रसाद पाण्डेसँग २०५४ सालबाट दाम्पत्य जीवन शुरु गरेकी हुन् ।

काभ्रेपलाञ्चोकमा अध्ययन गर्दा भवगती माविदेखि नै अनेरास्ववियुको राजनीतिमा जोडिएकी सुमित्राले काठमाडौंको पद्यमकन्या क्याम्पसमा पढ्दा पनि बाम राजनीतिलाई निरन्तरता दिईन् ।

स्नातक उत्तीर्णपछि पारिवारिक जीवनमा बाँधिएकी सुमित्राले विभिन्न संघसंस्थामा आवद्ध हुँदै सामाजिक कामलाई भने निरन्तरता दिई रहिन् । लामो समयदेखि नेकपा एमालेसँग जोडिएकी पाण्डेले अग्रजहरुको सल्लाह र सुझाव ग्रहण गर्दै २०७४ सालमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ को सदस्यमा उठिन र जनताको ठूलो समर्थनमा निर्वाचित समेत भईन् ।

वडा सदस्यमा निर्वाचित भएपनि वडाध्यक्षमा निर्वाचित सहकर्मीले देश छोडेर हिडेपछि कार्यवहाक अध्यक्षको रुपमा दुई वर्षे कार्यकाल कुशलतापूर्वक निर्वाह गरिन् ।

सामाजिक र राजनीतिक पृष्ठभूमी भएकी सुमित्रा कला, साहित्य र संगीतमा समेत रुची राख्छीन् । कार्यवहाक वडाध्यक्ष हुँदा सबैकी प्रिय बनेकी उनलाई नेकपा एमालेले वडाध्यक्षको उम्मेद्वार बनाएपछि महिला अधिकारकर्मी तथा वडावासी महिलाहरुले उनको उम्मेद्वारीलाई प्रतिष्ठाको रुपमा जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्