शहिद बाबुरामको शालिका माल्यार्पणबाट चुनावी अभियान सुरु



नेकपा एमालेको तर्फबाट गोलन्जोर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका शंकर राज बरालले शहिद बाबुराम बरालको शलिकमा माल्यार्पण गरेर चुनावी अभियानको सुरुवात गरेका छन ।

शहिद ऋषिराज देवकोटा (आजाद) की जिवन संगिनी प्रतिनिधी सभा सदस्य गोमा देवकोटा,नेकपा एमाले केन्द्रीय सदस्य सुवास देवकोटा , नेकपा एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य ध्रुव कुमार श्रेष्ठ र एमाले जिल्ला कमिटी सदस्य दीपेश बरालले लगायततले स्मृती दिवको अवरमा गोलन्जोर गाउँपालिका –३ ग्वाल्टारमा रहेको शालिकमा माल्यार्पण गरेर चुनावी अभियान सरूवात गरेका हुन् ।

बाबुराम बरालको २००७ सालको सफल जनक्रान्तिपछि देखिएको प्रतिक्रान्तिको झिल्को निभाउन गौर पुगरे समस्या समाधान गरिसकेपछि उहाँको हत्या गरिएको विश्वास गरिन्छ ।

सहिद बरालको जन्म विसं १९८७ साल भदौ १९ गते सिन्धुलीको खुर्कोटमा भएको थियो । उहाँका पिताका नाम कुलप्रसाद बराल र माताको नाम जानुका बराल थियो । २००७सालको क्रान्तिपछि बनेको पूर्व २ नंबरको जनसरकारका गृहमन्त्री बराललाई गौरमा देखिएको प्रतिक्रान्तिको समन गर्न केन्द्र सरकारले पठाएको थियो

किनकि जनक्रान्तिमा उहाँको क्षेत्र रौतहट थियो र उहाँको योगदान र क्षमताको कदर गर्दै पठाइएको बताइएको थियो । उहाँको सहादतको दिनको रुपमा २००८ साल बैशाख २० गते लाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्