के कागेश्वरीमा भ्रष्टहरुले नै जित्ने हुन त ? (प्रमाणसहित)



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली काँग्रेस र एकिकृत समाजवादीका मेयर पदका उम्मेद्वार उपेन्द्र काकी र कृष्ण हरि थापा दुबै जना भ्रष्टचारमा लिप्त भएको प्रमाण परिवर्तन खबरले भेटाएको छ ।

काँग्रेस उम्मेद्वार कार्की र ९ नम्बर काँग्रेसका उम्मेद्वार अनिल थापाले महिनौं गान्धी आदर्श स्कूलमा धर्ना गरे आन्दोलन गरे । त्यो सब के का लागि ? ९ नम्बरका उम्मेद्वार अनिल थापाले गान्धी स्कूलको सटरको भाडाको ठेक्का लिएको थियो । त्यहाँ स्कूललाई बुझाउनु पर्ने ३३ लाख नबुझाएको र त्यहि पचाउन आन्दोलन गरेको रहस्य खुलेको र उक्त कान्डमा मेयर पदका उम्मेद्वार उपेन्द्र कार्कीको समेत मिलेमतो रहेको छ ।

त्यसैगरी २०५८ सालमा गोठाटार गाबिसको अध्यक्ष हुँदा कृष्णहरि थापाले मापदण्ड अनुसार बनाएको श्याम कृष्ण तिमिल्सनाको घरको बरण्डा भत्काउन पत्र काटेको छ । तिमिल्सना अन्यायमा परेपछि उनले अटेर गरे घरको बरण्डा भत्काएनन् । अहिले तिमिल्सिनाको घर अगाडिको बाटो २० फिट बाट बढाएर ३५ फिट हुँदा पनि उक्त घरमा बरण्डाले नछुनु भनेको कृष्णहरी थापाको हेपा प्रवृति नै हो ।

थापा मेयर भएपछि नक्सा शाखामा आफ्नै भतिजो उमेश जङ्ग थापालाई राखे ।  ब्रम्मलुट मचाए । त्यसैगरी काँडाघारी खानेपानी आयोजनाको ट्याङ्की पानी बितरण नै नभई चुहिएको छ । उक्त ट्याङ्कीमा गुणस्तरहिन सामाग्री प्रयोग भएको छ । कमिसनमा लिप्त निबर्तमान मेयर थापा माधव नेपालको कृपामा मेयर भएका थिए । दुइ बर्षमा काँडाघारीवासीलाई खानेपानी पाँच बर्षे कार्यकाल सकिदा पनि काँडाघारीवासीहरु काकाकुल बन्न बिवश छन् । अर्कातिर थापाले त्यहाँका पुस्तैनीलाई काखी च्यापेर बाहिरबाट आउनेलाई शरणार्थीको ब्यापार गरेको पनि थुप्रै उदाहरण छन् ।

प्रतिक्रिया दिनुहोस्