ज्येष्ठ नागरिकको आशिर्वाद लिदै टोलटोलमा नेकपा एमालेका उम्मेद्वारहरु



काठमाडौ । नेकपा एमालेको तर्फबाट बूढानीलकण्ठ नगरपालिका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहितको टोलीलाई घरदैलोको क्रममा स्थानीय ज्येष्ठ नागरिकले आशिर्वाद दिदै जितको लागि अग्रिम शुभकामना व्यक्त गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ को घरदैलो कार्यक्रममा पार्टीको परिधि नाघेर पूर्व गाविस अध्यक्ष समेत रहेका मिठाराम अधिकारीसहितको टोलीलाई स्थानीयहरुले टिका लगाउने, आशिर्वाद दिने र आफ्ना गुनासा समेत सुनाउने गरेको देखिन्थ्यो ।

विहान ७ बजेदेखि शुरु भएको घरदैलो कार्यक्रम बेलुकी ८ बज्दा जगडोल क्षेत्रका स्थानीयहरुले दही खुवाउने, दुध खुवाउने गरी एमाले उम्मेद्वारहरुलाई घर–घरबाट आत्मीयता दर्शाएको दखिन्थ्यो ।

बूनपा ११ को घरदैलोमा देखिएका केही तस्वीरहरु :

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठ-११ मा अझ लोकप्रिय बन्दै एमालेका उम्मेद्वार (फोटो फिचर)

नेकपा एमालेबाट बूढानिलकण्ठ–११ को वडा अध्यक्षमा पुनः राजु अधिकारी सर्बसम्मत

प्रतिक्रिया दिनुहोस्