‘म सधैं जनताको साथमै रहनेछु’ : वडाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद पहाडी (पूर्णपाठसहित)



काठमाडौ । नेकपा एमालेबाट दुधौली नगरपालिका वडा नं. १ मा वडाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद पहाडीले निर्वाचित भएपछि आफ्नो कार्यकालभरी सधैं जनताको सेवामै समर्पित हुने उद्घोष गरेका छन् ।

भूमिगत कालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका पहाडी २०४९ सालदेखि नेकपा एमालेमा सक्रिय हुँदै आएका छन् । नेकपा एमालेका हत्पतेका संस्थापक मध्ये एक मानिएका चन्द्रप्रसाद पहाडी निरन्तर गाउँमै बसी वडावासीको सुखदुखमा सहभागी हुँदै आइरहेका छन् ।

२०५४ सालदेखि काठमाडौंंमा बसोबास गरी खसी ब्यापारको व्यवसाय गरेका व्यवसायीलाई नेपाली काँग्रेसले उम्मेद्वार बनाएसँगै वडाभित्र क्रियाशील काँग्रेसहरुमा असन्तुष्टी चुलिएको देखिन्छ ।

२० बर्ष अघि जन्मिएको बच्चा मतदाता हुँदासम्म गाउँमा देखा नपरेका काँग्रेस वडाध्यक्षका उम्मेद्वार आर्थिक लेनदेनको कारण निर्वाचन आफ्नो पक्षमा पार्न निकै सक्रिय देखिएपछि वडा नं. १ को चुनावी माहोल आर्थिक लेनदेनतर्फ मोडिएको छ ।

ग्रामिण सभ्यताबाट शहरी सभ्यतातर्फ लम्किएका दुधौली वडा नं. १ वासीले जनताको साथमै रहने नेतालाई जिताउँछन् वा टुरिस्ट उम्मेद्वारलाई जिताउँछन् त्यो हेर्न आगामी ३० को निर्वाचन परिणामलाई कुर्नैपर्ने देखिन्छ । 

नेकपा एमाले दुधौली १ ले सार्वजनिक गरेको प्रतिवद्धता पत्र :

यो पनि पढ्नुहोस्

नेकपा एमालेबाट दुधौली १ मा चन्द्रप्रसाद पहाडी सर्वसम्मत

प्रतिक्रिया दिनुहोस्