‘म नेकपा एमालेको नगर प्रतिवद्धता पत्र अक्षरस कार्यान्वयन गर्छु’ : मिठाराम अधिकारी (पूर्णपाठसहित)



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले घरदैलो कार्यक्रममा स्थानीय कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले बूढानीलकण्ठद्वारा जारी गरिएको प्रतिवद्धता पत्रलाई अक्षरस कार्यान्वयन गर्ने बाचा गरेका छन् ।

नेकपा एमाले बूढानीकण्ठद्वारा जारी प्रतिवद्धता पत्रमा नेकपा एमालेका तर्फबाट उठेका उम्मेद्वारहरुले निर्वाचित भएपछि पाँच वर्ष अवधिभित्र सम्पन्न गरी छाड्ने २४ पृष्ठ लामो प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

सात भागमा विभाजित प्रतिवद्धता पत्रमा सुशासन, प्रशासन र सेवा प्रवाह सम्बन्धमा, नगर कार्यपालिका भवन लगायत वडा कार्यालयहरु प्रविधिमैत्री, सुशासन केन्द्रित र भरोषायोग्य सेवा केन्द्र बनाइने, नगरवासीको समस्या, गुनासो, सुनुवाई र समाधान प्रक्रियालाई प्रविधिको प्रयोग मार्फत सहज, सरल र छिटोछरितो बनाउने उल्लेख गरिएको छ ।

प्रत्येक नागरिकको जिआईएस पद्धतिमा घर नं. राखी सूचना प्रणालीसँग प्रत्येक सेवा कार्यलाई जोडी एकीकृत र प्रभावकारी सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ । यसैगरी भौतिक पूर्वाधार विकास सम्बन्धमा, आर्थिक विकास सम्बन्धमा, सामाजिक विकास सम्बन्धमा, बन, वातावरण, फोहोरमैला र विपत् व्यवस्थापन सम्बन्धमा, संचार माध्यमको विकास र परिचालन सम्बन्धमा र आगामी कार्यकालमा सम्पन्न हुने बूढानीलकण्ठका गौरवशाली योजनाहरु समेत समेटेर जारी गरिएको छ ।

नेकपा एमाले बूढानीलकण्ठद्वारा जारी गरिएको प्रतिवद्धता पत्र :

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र

एमालेले यसकारण बूढानीलकण्ठ नगरप्रमुखमा मिठाराम अधिकारीलाई रोज्यो

नेकपा एमाले बूढानीलकण्ठको शिक्षामैत्री प्रतिबद्धता पत्र

प्रतिक्रिया दिनुहोस्