बूनपा १३ मा ग्राभेल चोरलाई टिकट दिएको भन्दै स्थानीय आक्रोशित (भिडियोसहित)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ मा नेपाली काँग्रेसले भरत श्रेष्ठ (ग्राभेल चोर)लाई वडाध्यक्षको उम्मेद्वार बनाएकोमा स्थिानीय निकै आक्रोशित बनेका छन् ।

कान्तिपुर टेलिभिजनले २६ डिसेम्बर २०२० मा प्रशारण गरेको भिडियो समाचारमा, ‘भरत श्रेष्ठ सहितको टोलीले फिल्मी शैलीमा दिनदहाडै पिच गर्न लागेको धोबीखोला करिडोरका १०० मिटर बाटो साढे ३ फिट खाल्डो पारी २१ ट्रक ग्राभेल चोरी गरेको भनी स्थानीयले भिडियोमा भनेका छन् ।’

नेपाली काँग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टीले चुनिखेल जस्तो नेवारी समुदायको साँस्कृतिक तथा पुरातात्विक बस्तीमा बदनाम पात्रलाई उम्मेद्वार बनाएपछि करिव दुई वर्ष अघिको पुरानो भिडियो फेरी स्थानीय रुपमा भाइरल भईरहेको छ ।

राजनीतिक पार्टीहरु जनताप्रति उत्तरदायी नहुने र पार्टी नेताहरुले पैसाको लागि जस्तोसुकै पृष्ठभूमी भएका व्यक्तिलाई उम्मेद्वार बनाउँदा युवापुस्तामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्