५ बर्षे कार्यकालको उपलब्धी सहित घरदैलोमा नवराज भट्टराई (विवरणसहित)



काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचलाई लिएर देशैभरी चुनावी सरगर्मी बढिरहेसँगै विभिन्न पार्टीका उम्मेद्वारहरु अहिले जनताको घरदैलोमा पुगिरहेका छन् ।

देशव्यापी चुनावी माहोल तातिरहेको बेला बूढानीकलण्ठ नगरपालिकामा पनि चुनावी चटारो उत्तिकै देखिन्छ । यस्तैमा बूढानीलकण्ठ नगरपालिकाकै सवैभन्दा वढी जनघनत्व भएको बूढानीलकण्ठ १० मा पनि चुनावी माहोल निकै तात्तिएको देखिन्छ ।

नेकपा एमालेको तर्फबाट २०७४ को स्थानीय तहको निर्वाचनमा झन्डै १४०० बढी मतले विजयी भएका युवा नेता नवराज भट्टराई फेरी पनि दोस्रो कार्यकालको लागि चुनावी मैदानमा उत्रिएका छन् । बिगत पाँच बर्ष वडाको नेतृत्व गरेका भट्टराईले बूढानीलकण्ठमा नगरप्रवक्ताको भूमिका समेत निर्वाह गरिसकेका छन्।  उनै अनुभवी तथा बूनपा १० निवासी युवा नेता भट्टराईलाई नेकपा एमाललेले पुनः दोस्रो पटक वडा अध्यक्षको लागि सर्वसम्मत उम्मेद्वार बनाएको छ ।

यसअघि एमालेको तर्फबाट आफूले नेतृत्व गरेको वडामा बिगत पाँच बर्षे कार्यकालमा भए गरेका कामहरुको प्रगति विवरण सहित नवराज भट्टराई जनताको घरदैलोमा भोट माग्न पुगेका छन् । वडाको नेतृत्वमा रहेर गरेको कार्य सम्पादनको मूल्यांकनको आधारमा समेत बूनपा १० मा नेकपा एमालेले सजिलै चुनाव जित्न सकिने अवस्था रहेको एक स्थानीय बताउँछन् । विगतमा प्राप्त भएको जनसम्बन्ध र घरदैलोका क्रममा देखिएको उत्साहजनक जनसहभागिताले पनि वडाध्यक्षका उम्मेद्वार नवराज भट्टराई निकै उत्साहित देखिन्छन् ।

पाँच वर्षे कार्यकालको प्रगति विवरणमा प्रमुख २६ उपलब्धीलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ । जसमा,

  • धोबीखोला करिडोर निर्माणमा बर्षौदेखि अवरुद्ध साततले पाथिभरा बस्तीको २२ घर मध्ये १० घरलाई बूढानीलकण्ठ वडा न. २ मा पनु स्थापित तथा १२ घरलाईउचित क्षतिपूिर्तउपलब्ध गराईकरिडोर निर्माण सम्पन्न ।
  • साप्रेढुङ्गामा नेवार समदुायको सस्ंकृित सम्बर्द्धनको निमित्त धिमे बाजा वितरण तथा बाजा बजाउने तालिम ।
  • बाल उद्धार माध्यमिक विद्यालयमा २ वटा नयाँ भवन निर्माण सम्पन्न तथा ३ वटा भवनमा रेक्ट्रोफिटिङ कार्य जारी ।
  • पस्तावित कपन ह्याण्डबल ग्राउण्डमा विभिन्न खेल खेल्न मिल्ने रङ्गशाला निर्माण कार्य सचुारु ।
  • एकीकृत सिद्धेश्वर परियोजना अन्तगर्त निर्माण कार्य जारी ।
  • कपन बहुमुखी क्याम्पसको भवन निर्माण कायसँगै आफ्नै भवनमा पठनपाठन सचांलन ।
  • गौरीशकंर टोलमा सावर्जनिक शौचालय निर्माण ।
  • मेलम्ची खानेपानी आयोजनाको पाइपलाईन बिस्तार ।
  • जोरधारा खानेपानीमा डिप बोरिङ कार्यसम्पन्न ।
  • नगर अस्पताल निर्माण अन्तिम चरणमा ।
  • पारिजात पार्क तथा आकाशेधारा बाटिका निर्माण ।
  • नगर अस्पतालको अस्थायी बहिरङ्ग सेवा संचालन ।
  • परुातात्विक आकाशेधाराको पन: निर्माण शभुारम्भ ।
  • भकूम्प स्मृित पार्क निर्माण ।
  • बाल उद्धार विद्यालय नमूना विद्यालयमा सचूीकृत ।
  • वडा कार्यालय भवनमा सभाहलको निर्माण ।
  • वडा कायार्लय निर्माणका लागि डिपिआर निर्माण ।
  • ज्येष्ठ नागरिक नलेज बैंकको डिपिआर निर्माण ।
  • परुातात्विक चनुदेवी मन्दिरको पुर्ननिर्माण ।
  • नेपाल चाटर्र स्कूल स्थित सापे्रढुङ्गा मैदानको स्तरोन्नति ।
  • सेवा सहजीकरणको लागि वडा कार्यालयमा टोकन मेसिन जडान ।
  • वडाभित्र २७.१ किलोमिटर बाटो स्तरोन्नती ।
  • वडाभित्रका बिभिन्न स्थानमा लोकेशन बोर्ड निर्माण ।
  • वडाभित्र २५ किलोमिटर खानेपानी पाईपलाईन बिस्तार ।
  • वडा नं. ९ र १० जोड्ने ३ वटा पक्की पुल निर्माण ।
  • साततले आनीगुम्बा क्षेत्रको डुबान समस्या समाधानका निमित्त आनी गुम्बादेखि आरम्भचोकसम्म बक्स कल्भर्ट निर्माण कार्य सुचारु । साथै आरम्भचोकदेखि साततलेसम्म डिपिआर निर्माण भई कार्यान्वयनको अन्तिम चरणमा रहेको ।

रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्