स्थानीय तह निर्वाचनका लागि नेविसंघले बनायो परिचालन



नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको बताए ।

७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय परिचालन समिति गठन गरेको देखिन्छ । नेविसंघको परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ । यस्तै नेविसंघले १५ सय ९१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्