बूढानीलकण्ठ १० को घरदैलोमा आक्रामक बन्दै एमाले र माओवादी केन्द्र, मत्थर हुँदै काँग्रेसको प्रभाव



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमाले र माओवादी केन्द्रका उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई निकै आक्रामक रुपमा प्रस्तुत गरेका छन् ।

नेकपा एमाले बूनपा १० वडाध्यक्षका उम्मेद्वार नवराज भट्टराई सहितको टोलीले विगत हप्तादिन अघिदेखि जारी राखेको घरदैलो कार्यक्रममा जनमत उनकै पक्षमा उलिएको देखिन्छ । भने माओवादी केन्द्रका उम्मेद्वाहरुको तर्फ पनि उत्तिकै जनमत देखिन्छ ।

नेपाली काँग्रेसभित्र वडाध्यक्षको उम्मेद्वार छनोटदेखि सदस्यहरुको छनोटले तीब्र असन्तुष्टी बढेपछि एमाले र माओवादी केन्द्र मध्ये एक विजेता अर्काे उपविजेता हुने देखिन्छ ।

मनोनयन दर्तापछि पनि घरदैलो कार्यक्रममा केही रक्षात्मक बनेको काँग्रेसमा भने अझैपनि खासै जनमत उर्लिएको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्