को हुन ! कमलामाई नगरपालिका प्रमुखका उम्मेद्वार महेन्द्रदेव श्रेष्ठ ?



सिन्धुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको कमलामाई नगरपालिकाको निर्वाचन रोचक बन्दै गएको छ । यस नगरपालिकामा नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको छ भने पाँच दलिय गठवन्धन संयुक्त रुपमा निर्वाचनमा होमिएको छ ।

यस नगरपालिकाको निर्वाचन यस कारण रोचक बनेको छ । स्ववियुको निर्वाचन होस् वा खानेपानी संस्थाको निर्वाचन होस उनी अहिले पनि एकल पार्टीसँग प्रतिस्पर्धा गर्न पाएनन्  । २०६४÷०६५ सालमा भएको स्ववियु निर्वाचनमा उनले सिन्धुली बहुमुखी क्याम्पसमा सात विद्यार्थी संगठन विरुद्ध अनेरास्ववियुका तर्फबाट एक्लै निर्वाचनमा विजयी हासिल गरेका थिए । उनी विरुद्ध जिल्लामा भएका अन्य विद्यार्थी संगठनहरु एक जुट भएर निर्वाचनमा होमिएका थिए भने अनेरास्ववियुले श्रेष्ठको नेतृत्वमा एक्लै निर्वाचनमा होमिएको थियो । सात दल समर्थित विद्यार्थी संगठनका विरुद्ध उनले विजयी हासिल गरे  । उनको कुशल नेतृत्वको कारण संगठनले विजयी हासिल गरेपछि त्यसपछिका दिनमा जहाँ संकट पैदा हुन्छ, त्यहाँ श्रेष्ठ उमेदवार बन्ने गरेका छन् । जिल्ला सदरमुकामको खानेपानीको व्यवस्थापनको जिम्मेवारी पाएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको बेलामा पनि श्रेष्ठले अन्य सात दल एकातर्फ त्यसमा पनि आफ्नै पार्टीका नेताले बागी उमेद्वारी दिएको अवस्थामा पनि अध्यक्षको उमेदवार बनेर विजयी हासिल गरेका थिए । त्यसपछिको संस्थाको निर्वाचनमा उनी विरुद्ध अरु केही उमेद्वार खडा गर्ने कुनै पनि दलले हिम्मत समेत गरेनन् ।

उनै श्रेष्ठ बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा देशमा रहेका सत्ता पक्षीय पाँच दलीय गठवन्धनका साझा उमेदवारको विरुद्ध एमालेको तर्फबाट उम्मेद्वार बन्दै चुनावी मैदानमा होमिएका छन् । उनका विरुद्ध देशमा दुई ठूला पार्टी नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरु चुनावी समिकिरण कायम गरी नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेल र माओवादी केन्द्रका नेता दीर्घराज श्रेष्ठको प्यानल बनाई निर्वाचनमा होमिएको छ । गठवन्धन भएको अवस्थामा पनि श्रेष्ठको प्यानलले नै निर्वाचनमा विजयी हासिल गर्ने स्थानीयको दावी रहेको छ । २०७४ सालमा भएको निर्वाचनमा यस नगरपालिकामा राजनीतिकदलहरुले प्राप्त गरेको मतलाई हेर्ने हो भने पनि श्रेष्ठको जित निश्चित देखिएको छ ।

को हुन् श्रेष्ठ ?

२०३६ साल भदौ २९ गते आमा खरिदेवी श्रेष्ठ, पिता मदनदेव श्रेष्ठको कोखबाट जन्मिएका श्रेष्ठको बाल्यकाल हालको कमलामाई नगरपालिका ७ बर्देउटारमा नै वितेको हो । उनले प्राथमिक शिक्षा प्राथमिक विद्यालय गडौलीमा अध्ययन गरे । त्यसपछि उनले निम्न माध्यमिक र माध्यमिक तहको शिक्षा गौमती माध्यमिक विद्यालयबाट पुरा गरेका हुन । त्यसपछि उनले उच्च शिक्षा भने सिन्धुली बहुमुखी क्याम्पसबाट गरेका छन् । उनले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।

श्रेष्ठको राजनीतिक जीवन

२०५३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटिको सदस्य बनेका श्रेष्ठले २०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका थिए । त्यसपछिका दिनमा उनी निरन्तर राजनीतिमा सक्रियताका साथ पार्टीको महत्वपूर्ण जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनले २०५६ सालमा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला सचिव, ०६४ देखि तीन कार्यकाल लगातार संगठनको जिल्ला कमिटि अध्यक्ष, तत्कालिन अवस्थामा संगठनको जनकपुर अञ्चल कमिटि अध्यक्ष, राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य, एमाले सिन्धुलीको तीन कार्यकाल जिल्ला कमिटि सदस्य, पार्टीको उपसचिव, कमलामाई नगरकमिटि ईन्चार्जको जिम्मेवारी कुशलतापूर्वक सम्हाली सकेकाछन् ।

प्रतिक्रिया दिनुहोस्