देशकै नमूना सामूदायिक विद्यालयमा शैक्षिक सत्र २०७९ को लागि भर्ना खुल्यो



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन मिलनचोकस्थित बाल उद्धार माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को लागि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुलेको छ ।

देशकै नमूना विद्यालयको रुपमा छनोट भएको बाल उद्धार माध्यमिक विद्यालय बूढानीलकण्ठ नगरपालिकाभित्रको एकमात्र नमूना विद्यालय हो । तालिम प्राप्त शिक्षक, पर्याप्त शैक्षिक सामग्री, उपयुक्त खेल मैदान र भौतिक पूर्वाधारमा समेत कपनकै उत्कृष्ट रहेको छ ।

अंग्रेजी माध्यमबाट पठनपाठन गरिने बालउद्धार माविमा प्रि–प्राइमरी अन्तर्गत छुट्टै सुविधा सम्पन्न मन्टेश्वरी कक्षा समेत संचालन भईरहेको छ ।

विद्यालयमा कक्षा नर्सरीदेखि ९ सम्म भर्ना गर्न चाहने अभिभावकहरुले विहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म विद्यालयमा गई आवेदन फाराम लिन सकिनेछ । भर्ना हुनुअघि अघिल्लो विद्यालयको शैक्षिक प्रमाणपत्रको साथै प्रवेश परीक्षामा उत्तिर्ण हुनुपर्नेछ ।

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराईद्वारा बालउद्धार माविको नवनिर्मित भवन समुद्घाटन तथा सम्मान

प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वमा बालउद्धार काठमाडौंकै नमूना विद्यालयमा छनोट

बालउद्धारलाई पाँच वर्षमा देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको छु : विनोद पण्डित

प्रतिक्रिया दिनुहोस्