एमालेमय बन्दै ‘बूनपा घरदैलो अभियान’ (फोटोफिचर)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका एमाले उम्मेद्वारहरुको घरदैलो अभियानमा सहभागी हुँदा एमालेको माहोल निकै लोभलाग्दो देखिन्छ ।

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा लगायत विभिन्न वडाका वडाध्यक्ष सहित सदस्यसहितको घरदैलो अभियानमा स्थानीयको स्वागतले नेकपा एमालेप्रतिको जनआस्था देखिन्छ ।

विपक्षीको अनुमान विपरीत बूढानीलकण्ठ नगरप्रमुख पदका लागि नेकपा एमालेको उम्मेदवार बनेका अधिकारीले हिजो बैशाख १८ गते सोमवार वडा नं १३ का विभिन्न क्षेत्रमा घर दैलो गरेका छन् ।

परिवर्तन खबरको टिम बूढानीलकण्ठ १३ पुग्दा धेरैजसो टोलका घरहरुमा सूर्यका झण्डाहरु फहराइरहेका देखिन्थे । सोही वडाका वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ घरदैलोको नेतृत्व गरिरहेका थिए भने वडाध्यक्षका आकांक्षी टिकेश नारायण श्रेष्ठप्रति स्थानीय जनता र युवाहरुको जनलहर देखिन्थ्यो ।

त्यसैगरी नेकपा एमालेले आज (मंगलबार) बूढानीलकण्ठ ८ मा आयोजना गरेको घरदैलो कार्यक्रममा समेत पार्टी कार्यकर्ता र स्थानीयको सहभागीता निकै लोभलाग्दो देखिन्थ्यो ।

घरदैलो कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उप–प्रमुख रमादेवी राई, वडाध्यक्षका प्रत्यासी बनेकी दुर्गा थापा र स्वतन्त्रबाट वडाध्यक्ष उठेका माधव पौडेल समेत आफ्नो असन्तुष्टि थाती राखी पार्टी उम्मेद्वार जिताउन लागि परेको देख्दा स्थानीय कार्यकर्ता हर्षित भएका देखिन्थे ।

घरदैलो अभियानका क्रममा उम्मेद्वार भन्दा अघि लिगलिगे दौड जसरी कुद्ने कार्यकर्ता र एक्लै पछि परेका पार्टी उम्मेद्वार बिचको तालमेल कमजोर देखिन्थ्यो । थोरै टोलहरु घुम्ने वा प्रत्येक टोलमा भेला बोलाएर छलफल गर्दा उम्मेद्वार र जनताबिचको सम्बन्ध बढ्नेमा नमस्कार गरेर बाटोबाटै हिड्नु त्यति प्रभावकारी देखिदैनथ्यो ।

फोटोमा बूनपाको घरदैलो कार्यक्रम :

प्रतिक्रिया दिनुहोस्