ओएनएफ वेस्टन अष्ट्रेलियाको अध्यक्षमा तेजेन्द्र विक्रम मल्ल र सचिवमा गोपाल घिमिरे सर्वसम्मत



काठमाडौं । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाद्वारा आयोजित वेस्टन अष्ट्रेलिया राज्य स्तरीय भेलाले अध्यक्षमा तेजेन्द्र विक्रम मल्ल र सचिवमा गोपाल घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।

सर्वसम्मत चयन भएका १९ सदस्यीय कमिटीको नामावली :

अध्यक्ष : तेजेन्द्र विक्रम मल्ल

उपाध्यक्ष : गुनाखर सुबेदी (दीपक)

सचिव : गोपाल घिमिरे

सह–सचिव : याम पन्थी

सदस्यहरु

यम केसी

राजन घिमिरे

मुक्ति सिम्खडा

प्रदिप न्यौपाने

प्रकाश घिसिङ

अनिल भुसाल

हिमाल राना

दिलिप पाण्डे

बिक्रम रेग्मी

विवेक नेपाल

कृष्टि उप्रेती

वेस्टन अष्ट्रेलियाको पर्थमा प्रवासी नेपाली मञ्च(ओएनएफ) अन्तर्राष्ट्रिय कमिटि सचिव रमेश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले ओएनएफ अष्ट्रेलियाको भावी योजना र कार्यक्रमका बारेमा प्रस्तुती दिएका थिए भने ओएनएफ अष्ट्रेलियाका सचिव शिशिर नेपाल, आर्थिक विभाग प्रमुख राम घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । सामाजिक अगुवा भैरव ढकालको अध्यक्षता, राज्य कमिटीका इन्चार्ज होम नाथ निरौलाको संचालन भएको भेलामा स्वागत मन्तव्य ओएनएफ अष्ट्रेलियाका नेता मधु पन्थीले राखेका थिए ।

ओएनएफ अष्ट्रेलियाका सचिवालय सदस्य तथा वेस्टन अष्ट्रेलिया इन्चार्ज होमनाथ निरौलाका अनुसार पाँच जना सदस्यहरुको नामावली पछि थपिने गरी कमिटी गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्