एमालेले यसकारण बूढानीलकण्ठ नगरप्रमुखमा मिठाराम अधिकारीलाई रोज्यो



संघीय सरकारको नयाँ अवधारणापछि बनेको स्थानीय सरकारको नेतृत्व नेकपा एमालेले गर्यौं। पार्टीका निष्ठावान नेता उद्धव खरेलको नेतृत्वमा बूढानीलकण्ठ नगरपालिकाले विकासका धेरै आयामहरुमा काँचुली फेर्यो।

हिजोका हिलो,धुलो सडकहरु आज पक्की सडकमा रुपान्तरित भएका छन्। नगरका धेरै वडाहरुमा समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान तर्फ उन्मुख भएको छ। भूकम्पले क्षतिग्रस्त विधालय भवन हुँन वा अन्य सार्वजनिक भवनहरु धेरै निर्माण सम्पन्न भए, केहि निर्माणाधीन अवस्थामा छन्।

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

वडा कार्यालय र कर्मचारी नहुँदाको अवस्थाबाट स्थानीय सरकारको आधार निर्माण गर्ने काममा एमाले नेतृत्वको पहिलो कार्यकाल निकै उत्साहजनक र सन्तोषजनक भएको छ।

गएको ५ वर्षमा बूढानीलकण्ठ नगरपालिकाको धेरै जसो बजेट भौतिक पूर्वाधारमा खर्च भयो। घरछेउका कच्ची बाटाहरु पक्की भए। ढल, खानेपानी, भित्रि बाटाहरु धुलेबाटोबाट पक्की बनेका छन्। खरेलको कार्यकालमा कुनै जनप्रतिनिधिहरु आर्थिक हिसाबले विवादित बनेनन्। समग्रमा हेर्दा उपत्यकामा धेरै विकास भएको नगरपालिका मध्ये बूढानीलकण्ठ नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा चिनिन्छ।

उद्धव खरेलको राम्रो व्यक्तित्व भनेको उनी प्रष्ट वक्ता हुन्। नगरप्रमुखको जिम्मेवारी मै रहँदा खरेलले आफू नगरप्रमुखमा दोहोरिने ईच्छा नभएको बताउँदै आएका थिए। पार्टीले आवश्यक ठानेमा टिकट दिन्छ, टिकटको लागि म कसैलाई सोर्सफोर्स लगाउँदिन। खरेलले जे भने त्यहि गरे।

खासगरी निर्णय प्रक्रियामा आफूलाई मात्र केन्द्रित गर्ने, माथिल्लो जिम्मेवारीका नेताहरु हुन् वा पार्टी कमिटी नै किन नहोस्। कसैको सल्लाह आवश्यक ठानेनन् र सल्लाहदिनेहरुलाई आफैँले सिकाए। समग्रमा अरुभन्दा आफूलाई नै विज्ञको रुपमा चित्रित गरे। खरेलले निकै वेवास्ता गर्नेमा धेरैजसो पार्टी कार्यकर्ता, जनप्रतिनिधि र माथिल्लो तहका नेताहरु नै परे। खरेलले कतिपय अवस्थामा पार्टीका कार्यकर्ता भन्दा विपक्षीलाई चेपे। योजना छनोट र विनियोजनमा समेत आफ्ना पन्छिए र विपक्षीहरु हावी भए।

नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र

पार्टी नेता र कार्यकर्ताले खरेलको पहिलो कार्यकालमा जे भोगे, अब खरेल नै दोहोरिए भने अझ अटेरी बन्छन् भन्ने चिन्ताले नेता, कार्यकर्तालाई पोल्यो त्यसैले विकल्पहीन जस्ता देखिएका खरेल बाहिरिए। नेताहरुले उद्धव खरेल र मिठाराम अधिकारीलाई अधिकारीलाई तुलना गर्दा पार्टी विभाजनको यो अवस्थामा उद्धव खरेल भन्दा मिठारामको पल्ला भारी देखें।

मिठाराम अधिकारीको विगतलाई हेर्दा उनी कपन जस्तो अत्यधिक जनसंख्या भएको क्षेत्रको प्रतिनिधित्व गर्छन्। कपन क्षेत्रमा मिठारामको पहिचान सादा जीवन जिउने, सत्य बोल्ने, कसैलाई नबिझाउने, जनता र पार्टीको हित हुने जुनसुकै सल्लाह स्वीकार गर्ने, जनताका साना-तिना दु:ख सुखमा साथ दिने व्यक्तिको रुपमा परिचित छन्। गत स्थानीय र प्रादेशिक निर्वाचनमा अन्तिम समयमा आएर उनको टिकट खोसिएपछि डा. राजन भट्टराईले अर्को कार्यकालमा तपाईले नै टिकट पाउनुहुन्छ भनेर बचन समेत दिएको एमालेका कार्यकर्ताहरु बताउँछन्।

नेकपा एमाले बूढानीलकण्ठको शिक्षामैत्री प्रतिबद्धता पत्र

मतदाताको घनत्व, सबैका प्रिय व्यक्ति हुनुका साथै खरेलको व्यवहारदेखि वाक्क भएका स्थानीय संचारमाध्यामहरुले समेत वैकल्पिक नेतृत्वको खोजि गर्दा मिठाराम अधिकारी मिडियाको छनोटमा परे। राम्रो जनाधार, पार्टी प्रतिको निष्ठा, जनप्रतिनिहरुको रोजाईमा समेत छानिएका मिठाराम अधिकारीको सरल व्यक्तित्वमा संचारमाध्यामको भूमिकाले निर्णायक धक्का दियो। परिणामस्वरुप निर्विकल्प जस्ता देखिएका खरेल बाहिरीए धेरैले नसोचेका अधिकारी नगरप्रमुखको रुपमा छानिए।

प्रतिक्रिया दिनुहोस्