नेकपा एमाले बूढानीलकण्ठको शिक्षामैत्री प्रतिबद्धता पत्र



काठमाडौं । नेकपा एमाले निर्वाचन परिचालन कमिटी बूढानीलकण्ठ नगरपालिकाले जारी गरेको प्रतिबद्धता पत्रमा स्थानीय संचारमाध्यमको विकास र परिचालन सम्बन्धमा १३ बुँदे प्रतिबद्धता जारी गर्दै शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

भ्रष्टाचार प्रमाणित बिजेन्द्र श्रेष्ठले काँग्रेस उम्मेद्वार विनोद चालिसेको सुशासनको एजेण्डा बोक्दै

नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका स्थानीय तह निर्वाचन–२०७९, प्रतिबद्धता पत्रमा व्यक्त गरिएका प्रतिवद्धताहरु :

  • सामुदायिक र सार्वजनिक गुठी विद्यालयमा पर्याप्त कक्षा कोठा, बुक कर्नर, छात्रा शौचालय, शिक्षक दरवन्दी र पुस्तकालयको व्यवस्थापन तत्काल गरिनेछ ।
  • संस्थागत विद्यालयहरुको पूर्वाधार र स्रोत साधनको एकीकृत व्यवस्थापनको अवस्था ख्याल गरी नव प्रवर्द्धन गर्ने ढङ्गले सञ्चालन भएका विद्यालयहरुको पहुँच बृद्धि गरी सर्वसुलभ शिक्षा प्रदान गर्न प्रोत्साहित गरिनेछ ।
  • संस्थागत विद्यालयसँगको सहकार्यमा ‘बूढानीलकण्ठ लक्षित वर्ग छात्रवृत्ति बैंक’ स्थापना गरी लक्षित विद्यार्थीको शिक्षामा पहुँच वृद्धि गरिनेछ ।
  • संस्थागत विद्यालयलाई स्वचालित रुपमा प्रत्येक वर्ष स्तरीकरण गरी बेञ्चमार्कका आधारमा संचालन र व्यवस्थापन मिलाइनेछ ।
  • डिजिटल र आयमूलक साक्षरता अभियान संचालन गरिनेछ ।
  • ‘एक घर एक प्राविधिक जनशक्ति, प्रत्येक नागरिक स्नातक अभियान’ सञ्चालन गरिनेछ ।
  • बूढानीलकण्ठ भित्र सञ्चालनमा रहेका गणेश बहुमुखी क्याम्पस, बूढानीलकण्ठ क्याम्पस र कपन बहुमुखी क्याम्पसलाई विषय विशिष्टीकरण गरी स्नात्तकोत्तर तह संचालन गरिनेछ ।
  • संघीय र प्रदेश सरकारसँग समन्वय गरी बूढानीलकण्ठ नगरपालिका मातहतमा एउटा ‘बूढानीलकण्ठ प्राविधिक (इन्जिनियरिङ्ग) क्याम्पस’ सञ्चालन गरिनेछ ।
  • नगरशिक्षा नीति २०७९ जनप्रतिनिधि बहाल भएको ३ महिनाभित्र निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।
  • विद्यालय कक्षा शिक्षणमा नवप्रवद्र्धन गर्न कक्षा शिक्षण मापदण्ड २०७९ तयार गरी कार्यान्वयन गरिनेछ ।
  • ‘नागरिकको इच्छा : गुणस्तरीय शिक्षा’ भन्ने नारालाई कार्यान्वयनमा ल्याउन सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा अनिवार्य गर्न लक्षित विद्यार्थीलाई दिवा खाजा, स्टेशनरी, विद्यालय पोशाक, स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराईनेछ ।
  • नगरपालिका भित्रका सवै विद्यालयहरुमा सूचना प्रविधियुक्त शिक्षण (डिजिटल स्कूल) कार्यक्रम सञ्चालन गरिनेछ ।
    नगर बजेटको २० प्रतिशत शिक्षा क्षेत्रको विकास र सुधारका लागि बजेट बिनियोजन गरिनेछ ।

यो पनि पढ्नुहोस्

नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र

बूढानीलकण्ठका  जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

प्रतिक्रिया दिनुहोस्