भ्रष्टाचार प्रमाणित बिजेन्द्र श्रेष्ठले काँग्रेस उम्मेद्वार विनोद चालिसेको सुशासनको एजेण्डा बोक्दै



बूढानीलकण्ठ-१३, चुनिखेल निवासी बिजेन्द्र श्रेष्ठ लामो समयदेखि बूढानीलकण्ठ नगरपालिकामा कार्यरत ईन्जिनियर थिए। बूढानीलकण्ठ नगरपालिकाको प्राविधिक शाखामा ईञ्जिनियर पदमा कार्यरत रहँदै गर्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारीसँग पाँचलाख घुस सहित रंगेहात समातिएका बिजेन्द्र श्रेष्ठ अहिले निलम्बित कर्मचारी हुन्।

विशेष अदालतबाट भ्रष्टाचारको मुद्दा हारेका श्रेष्ठ अहिले पुरानावेदन अदालत जाने तयारीमा रहेको श्रोतले बताएको छ। सरकारी जागिरबाट निलम्बनमा परेका श्रेष्ठ अहिले नेपाली कांग्रेस बूढानीलकण्ठ नगरकार्य समिति सचिव समेत हुन्। पहिले देखी निया काँग्रेसको राजनीतिमा जोडिएका तिनै श्रेष्ठ अहिले नेपाली काँग्रेस बूढानीलकण्ठका उम्मेदवारलाई जिताउन शुसासनको पाठ सिकाउँदै हिडेका छन्।

उनको सम्बन्ध र सम्पर्क नगरमा मात्र होईन, उनी नेपाली काँग्रेसका महामन्त्री गगन थापाका प्रिय नेता समेत हुन्। त्यसैले स्थानीय काँग्रेस कार्यकर्ताहरु समेत उनको गतिविधिलाई अप्ठ्यारोलाई मानेर समेत केहि भन्न सकिरहेका छैनन्। काँग्रेस बूढानीलकण्ठले गत शुक्रवार (अस्ति) प्रतिवद्दता सार्वजनिक कार्यक्रम राख्यो, जसको संचालक तीनै श्रेष्ठ थिए।

कार्यक्रम संचालनको क्रममाउनै श्रेष्ठले नेपाली काँग्रेसले बूढानीलकण्ठ नगरपालिका जितेमा शुसासन कायम गर्ने भाषण लाज नमानिकन ठोके। बूढानीलकण्ठमा अहिले तिनै श्रेष्ठको चर्चा छ, नेपाली काँग्रेस नगरप्रमुखको उम्मेदवार बनेका विनोद चालिसेको शुसासनको एजेण्डाको वाहक भ्रष्टाचार प्रमाणित श्रेष्ठले भएपछि नगरभरिका काँग्रेस कार्यकर्तामा चिन्ता थपेको नेपाली काँग्रेस नगरसमितिका एक सदस्यले परिवर्तन खबरलाई बताए।

साहित्य र शिक्षाको पृष्ठभूमिबाट राजनीतिमा आएका कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार चालिसेलाई समेत श्रेष्ठको सक्रियताले टाउको दुखाईको विषय भएको बुझिएको छ। काँग्रेस महामन्त्रीको धाप, नगरप्रमुख उम्मेदवार चालिसेको काख भएपछि जनस्तरसम्म काँग्रेसको असली चरित्र उदारिएको छ।

यो पनि पढ्नुहोस्

नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

प्रतिक्रिया दिनुहोस्