बूढानीलकण्ठमा काँग्रेस उम्मेद्वार जिताउन ओखलढुङ्गा काँग्रेस नेता रामहरि खतिवडा सक्रिय



काठमाडौं । ओखलढुङ्गा निवासी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडा बूढानीलकण्ठ नगरपालिकामा काँग्रेस उम्मेद्वार जिताउन निकै सक्रिय देखिएका छन्।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सदस्य कृष्ण प्रसाद खनालको संयोजन र संचालनमा आज काठमाण्डौ कपन स्थित मिलनचोक पार्टी प्यालेसमा काँग्रेस केन्द्रिय सदस्य समेत रहेका खतिवडाले आगामी निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुख, उप-प्रमुख, वडाध्यक्ष र अन्य उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन्।

मन्तव्यका क्रममा नेता खतिवडाले उम्मेदवारको मुखमा हैन, रुखमा भोट हालेर जिताउन समेत अपिल गरेका थिए।

कार्यक्रममा ओखलढुंगा जिल्लाबाट बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने नेपाली काँग्रेस समर्थक कार्यकर्ताहरुको उल्लेख्य उपस्थितिमा रहेको थियो। ओखलढुङ्गे भेलालाई नेपाली काँग्रेसको तर्फबाट बूढानीलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार बिनोद चालिसे, उप-प्रमुख उम्मेदवार रमिला वाग्ले, वडा नं. १० वडा अध्यक्षका उम्मेदवार डोर प्रसाद आचार्य, वडा नं. ११ का राधेश्याम कार्की र वडा नं. १२ का सुनित चालिसेले मन्तब्य राखेका थिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य नानु दाहाल, जिल्ला कार्यसमिति ओखलढुंगाका सचिब अजय लुइँटेल लगायतले शुभकामना मतव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्