डलरको कमाल, प्रपोजल हाल्न संस्थाको नाम मागियो : अहिले केशव स्थापित विरुद्ध प्रयोग गरिएछ



काठमाण्डौ महानगरपालिकामा एमालेबाट उम्मेद्वार बनेका केशव स्थापितकाले बोलेको विषयमा प्रसंसा गर्नुपर्ने छैन। तर आलोचना गर्दा र आरोप लगाउँदा तथ्यपरक हुनुपर्छ।
कथित डलरवादी आन्दोलन मीटू को आवरणमा विभिन्न कार्यक्रमहरुमा अनावश्यक र अप्रमाणित आरोपहरु लगाएर केशव स्थापितलाई बद्नाम गराउने प्रयास भै रहेको देखिन्छ।

ओरेक नामको महिलाअधिकारवादी संस्थाले पनि काँग्रेसबाट काठमाण्डौ नगरपालिकामा उठेकी सिर्जना सिंहको समर्थनमा नाटकीय रुपले बिज्ञप्ति जारी गर्दै संस्थाका प्रतिनिधिहरुसँग छलफल नै नगरी केशव स्थापितको विरुद्धमा सामाजिक संस्थाको नाम प्रयोग गरिएको छ।

देशभर चुनावी सरगर्मी बढेको छ। स्थानीय निर्वाचन भएकोले सबैले आफ्नो तहमा निर्वाचन जिताउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना उम्मेद्वार जिताउन भूमिका निर्वाह गरिरहेका छन्। अहिले शरहकै महिलाहरु कुन नेताले के बोले भन्ने फुर्सदमा छैनन् अझ ग्रामीण भागमा बस्ने महिलाहरुको न त इन्टरनेटको सुविधा छ न शहरी जीवन जस्तो पर्याप्त फुर्सद।

मुद्दा काठमाण्डौको छ, उपत्यकावेशको मुद्दामा दुरदराजका संस्थाहरु कसरी सामेल भए ? उपत्यकामा काम गरीरहेका संस्थाहरु किन विज्ञप्तिमा सहभागी भएनन् ? यहि शंकाले हामीले विभिन्न जिल्लाका संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्यौं। सम्पर्कमा आएका कसैले पनि आफ्नो परिचय नखुलाउन अनुरोध गरे।

हामीले सम्पर्क गरेको संस्थाहरु मध्ये शक्ति सामुदायिक संस्थाकी उपाध्यक्षसँग कुरा गर्दा विज्ञप्तिबारे आफूलाई कुनै जानकारी नभएको बताईन। कानेपोखरी महिला फेडेरेशनकी सचिवलाई समेत विज्ञप्तिबारेमा कुनै जानकारी नभएको बताईन।

दाङको लेटाङ्ग महिला फेडेरेशनकी अध्यक्षले विज्ञप्तिबारे आफूले कुनै जानकारी पाएको नभएपनि रेणु दिदीले महिला अधिकारको लागि धेरै राम्रो काम गरेकोले उहाँले पक्कै राम्रो काम गर्न हाम्रो संस्थाको नाम प्रयोग गरेको बताईन।

सुनसरीको नवज्योति महिला फ़ेडेरेशनकी उपाध्यक्षलाई केशव स्थापितको बारेमा थाहा छ भनी सोद्दा,”केशव स्थापित ? को केशव ? काठमाण्डौको केशव स्थापित भनेको नि हजुर भन्दा गलत नम्बर पर्यो भन्दै फोन काटिन। “

सिराहा जिल्लाको सम्झना महिला सामुदायिक संस्थाकी सचिवले केशव स्थापित बारे सोध्दा,” उनी राम्रो मान्छे भएको बताईन। म काठमाण्डौ जाँदा माईतिघर उनैले बनाको भन्ने सुनेको थिए।”

मानवअधिकार रक्षकहरुको संजालको तर्फबाट बोल्ने प्रतिनिधिले भने,” उच्च जिम्मेवारीमा बस्ने व्यक्तिले बोल्दा ध्यान दिनुपर्ने बताईन।”

प्रतिक्रिया दिनुहोस्