जनबिश्वास र भरोसाका साथ कामपा ७ मा मतदाताको घरघरमा पुग्दै एमाले



बैशाख १६, काठमाण्डौ- आसन्न स्थानीय तहको निर्वाचनलाई प्राथमिकतामा राख्दै नेकपा (एमाले) कामपा ७ नम्वर वडा कमिटीले निर्वाचन परिचालन अभियान आरम्भ गरेको छ |
वडा अध्यक्षमा काठमाण्डौ महानगर कमिटी सदस्य कृष्णमणि भट्टराईलाई अघि सारेको एमालेले बैशाख १५ गतेबाट वडा नम्वर ७ का स्थानीयवासीसामु पुग्ने अभियानको शुरुवात गरेको हो | यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले यस वडाको सबै सिटमा एकलौटी जित हासिल गरेको थियो | अघिल्लो निर्वाचनमा भट्टराई वडा सदस्यको रुपमा निर्वाचित भएका थिए |

जनप्रतिनिधिको रुपमा अनुभव हासिल गरिसकेका भट्टराईको साथमा युवा जोस र उत्साह बोकेका दिपेन्द्र पुडासैनी जस्ता उम्मेदवारका साथ एमालेले यस पटक पनि वडा नम्वर ७ मा आफ्नो सहज बर्चस्व कायम राख्न कुनै कसरत बाँकी नराख्ने रणनीति लिएको छ | सुर्य चिन्हमा प्राप्त मतद्वारा बिजयी भएपछी बिगत ५ वर्षमा गरेका विकास निर्माण, सुधार, सम्पदा संरक्षण, शिक्षा, स्वास्थ, खानेपानी, ढल, पूर्वाधार विकास जस्ता बिषयमा सम्पूर्ण उपलब्धि समेटेर जनतामा पुन: बिश्वास सहित मत प्रदान गर्न एमालेले अपिल गरेको छ |

एमालेले यस पटक खुल्ला सदस्यमा जिल्ला कमिटी सदस्य सरस्वती कार्की, महिला सदस्यमा चावहिल निवासी समाजसेवी अनिता शाक्य र दलित महिला सदस्यमा कुमारीगालकि चना कुमारी दर्जीलाई उम्मेदवार बनाएको छ |

चुनावी घरदैलोको क्रममा वडावासीहरुले एमाले उम्मेदवारहरुलाई भब्य स्वागत गर्दै बिजयको शुभकामना प्रदान गरेका छन् | यस क्रममा वडा अध्यक्षका उम्मेदवार कृष्णमणि भट्टराईले जनताको मत र बिश्वासलाई कायम राख्दै जनचाहना बमोजिमकै योजनामा आधारित भएर वडाका सम्पूर्ण कार्यक्रम संचालन गर्ने वाचा गरेका छन् | एमालेले यस क्षेत्रमा दैनिक बिहान र बेलुका घरदैलो अभियान शुरु गरेको छ | निर्वाचनलाई मध्यनजर गर्दै मतदाता शिक्षा लगायत बिषयमा पार्टी सदस्यहरुहरुलाई स्थानीय स्तरमै परिचालन गर्नका लागि आइतवारबाट वडाका बिभिन्न स्थानमा सम्पर्क कार्यालय समेत स्थापना गर्ने निर्वाचन परिचालन कमिटीका सह-संयोजक उत्तम अधिकारीले जानकारी दिएका छन् |

प्रतिक्रिया दिनुहोस्