नेकपा एमाले बूढानीलकण्ठको मिडियामैत्री प्रतिबद्धता पत्र



काठमाडौं । नेकपा एमाले निर्वाचन परिचालन कमिटी बूढानीलकण्ठ नगरपालिकाले जारी गरेको प्रतिबद्धता पत्रमा स्थानीय संचारमाध्यमको विकास र परिचालन सम्बन्धमा १२ बुँदे प्रतिबद्धता जारी गर्दै मिडियाकर्मीलाई विशेष प्राथमिकतामा राखेको छ ।

नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका स्थानीय तह निर्वाचन–२०७९, प्रतिबद्धता पत्रमा व्यक्त गरिएका प्रतिवद्धताहरु :

  • स्थानीय सञ्चारमाध्यमका पत्रकारहरुलाई १० लाख माथिको स्वास्थ्य बिमा गरिनेछ ।
  • स्थानीय सञ्चारमाध्यम नविकरण कर पूर्ण छुट गरिनेछ ।
  • सूचना तथा सञ्चारमैत्री वडा तथा नगर कार्यालय बनाइनेछ ।
  • योगदानको आधारमा स्थानीय सञ्चारमाध्यमलाई वार्षिक रुपमा सम्मान गरिनेछ ।
  • स्थानीय सञ्चारमाध्यमका श्रमजीवि पत्रकारहरुका लागि तालिम, अध्ययन र अनुसन्धानका लागि विशेष व्यवस्था गरिनेछ ।
  • बूढानीलकण्ठभित्र व्यवस्थित सञ्चारग्राम निर्माण गरिनेछ ।
  • अनुगमन समितिमा स्थानीय सञ्चारकर्मी समावेश गरिनेछ ।
  • स्थानीय पाठ्यक्रममा स्थानीय सञ्चार माध्यमको विषयवस्तु समेटिनेछ ।
  • नगरपालिकाको सञ्चार सल्लाहकारमा स्थानीय सञ्चार माध्यमका प्रतिनिधि राखिनेछ ।
  • नगरपालिकाका सम्पूर्ण सूचनाहरु स्थानीय सञ्चार माध्यमबाट प्रकाशन/प्रसारण गरिनेछ ।
  • वार्षिक रुपमा सार्वजनिक सुनुवाई गर्दा स्थानीय सञ्चार माध्यममार्फत गरिनेछ ।
  • सञ्चारमाध्यमको व्यवस्थापन र परिचालनका लागि ३ महिनाभित्र बूढानीलकण्ठ सञ्चार नीति बनाई कार्यान्वयन गरिनेछ ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

प्रतिक्रिया दिनुहोस्