कसास भित्तेपात्रो –२०७९ लोकार्पण (फोटो फिचर)



काठमाडौं । कपन साहित्य समाजले नयाँ वर्ष २०७९ को विशेष अवसर पारेर भित्तेपात्रो लोकार्पण गरेको छ ।

साहित्य सेवाका निम्ति विशेष योगदान दिइरहेको कपन साहित्य समाजको उक्त कार्यक्रम संस्थाका अध्यक्ष गणेशकुमार मिश्रको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय थिए ।

विभिन्न कविहरुको विशेष उपस्थितिमा आयोजित कविता क्यालेन्डर लोकार्पण समारोहको सञ्चालन संस्थाका सचिव त्रिलोचन आचार्यले गरेका थिए भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष डा. विष्णु केसीले गरेको उक्त कार्यक्रममा कपन साहित्य समाजका संरक्षक मिठाराम अधिकारीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्