नेकपा एमाले डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा निर्विरोध निर्वाचित



काठमाडौं । कर्णाली प्रदेशको डोल्पा जिल्लाको से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अध्यक्ष धावासम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रमुख सहित सोही गाउँपालिकाका वडा नं १,३,५,६,७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्