रुपन्देहीमा नेपाली काँग्रेसका उम्मेदवार : ६ मध्ये ४ पुराना



नेपाली काँग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुङ्गो लगाएको छ । बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाँण, सैनामैना नगरपालिका फेडिन्द्र शर्मा, देवदह नगरपालिकामा हिरा बहादुर के सी ले मेयरको टिकट पाएका छन् ।

यस्तै जिल्लाको सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् । २०७४ सालमा स्थानीय निर्वाचनमा पाण्डे, खाँण र शर्माले हारेका हुन् भने देवदहमा केसीले मात्र जितेका थिए । अहिले रुपन्देहीमा गठबन्धन भएकोले मेयर नेपाली काँग्रेसले पाएको ठाउँमा उप मेयर माओवादी र एकीकृत समाजवादी दललाई दिएकोले जित्ने दाबी गरिएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान भने नयाँ अनुहार हुन् ।

प्रतिक्रिया दिनुहोस्