एमाले काठमाडौं महानगरले शान्तिबाटिकाबाट र्‍याली सहित नोमिनेशन दर्ता गर्ने



काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले १२ गते सोमबारका दिन दिनको १२ बजे रत्नपार्कको शान्तिबाटिकाबाट र्‍याली सहित नोमिनेशन दर्ता गर्ने भएको छ ।

र्‍यालीमा नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरप्रमुखका उम्मेदवार केशव स्थापित, उपप्रमुख सुनिता डंगोल सहित सबै वडाका उम्मेदवारहरु सहभागी भई राष्ट्रिय सभागृहमा पुगी नोमिनेशन दर्ता गर्ने नेकपा एमाले महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले परिवर्तन खबरलाई बताए ।

नोमिनेशन दर्तामा वर्तमान महानगरप्रमुख विद्यासुन्दर शाक्य, एमाले स्थायी कमिटी सदस्यहरु, केन्द्रिय कमिटी सदस्यहरु सहित सहभागी हुने नगरस्रोतले जनाएको छ । झाँकीसहितको नोमिनेशन दर्ता र्‍यालीमा सहभागी हुन सम्पूर्ण पार्टी सदस्य समर्थक र शुभेच्छुकहरुमा महानगर कमिटीले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

नेकपा एमालेबाट काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डंगोल सर्वसम्मत

प्रतिक्रिया दिनुहोस्