नेकपा एमालेबाट काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डंगोल सर्वसम्मत



काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुखमा दुरदर्शी तथा अनुभवी केशव स्थापितलाई उम्मेदवार बनाएको छ । त्यसैगरी महानगरको उपप्रमुखमा नेवाः सुन्दरी सुनिता डंगोललाई अघि सारेको छ ।

भिजन भएका नेता स्थापित र युवापुस्ताको प्रतिनिधी पात्र डंगोलको छनोटले काठमाडौं महानगरपालिकामा नेकपा एमालेले किल्ला स्थापित गराउने देखिन्छ । पूर्व मिस नेवा डंगोलले यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गरेकी थिइन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अहिले कै नगरप्रमुखहरुले टिकट पाए, काठमाडौं-४ सदाका लागि गुम्ने खतरा !

प्रतिक्रिया दिनुहोस्