नेकपा एमालेको घोषणा पत्रका १७ विशेषता (घोषणा पत्रसहित)



काठमाडौं । नेकपा एमालेले स्थानीयह तह २०७९ को लागि सुशासन, समृद्धि र समाजवादको आधार, पालिका–पालिकामा एमालेको सरकार भन्ने मूल नारासहित आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको घोषणापत्रमा बैशाख ३० गते हुनगईहरहेको स्थानीय तह निर्वाचनका लागि विशेषगरी १७ वटा प्रतिवद्धता अघि सारेको छ ।

घोषणा पत्रमा गुणस्तरीय शिक्षा, निरोगी नेपाल, स्वास्थ नेपाली स्वच्छ खानेपानी, सफा बस्ती, राम्रो आनीबानी, आधुनिक उर्जा र उज्यालो पालिका रहेका छन् ।

त्यसैगरी उन्नत कृषि : किसानको समृद्धि, सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार, एकीकृत वस्ती, योजनावद्ध सहरी विकास : विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि, उद्यामशीलता र रोजगारी : समृद्धिका लागि सहकारी, मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि, सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा रहेका छन् ।

त्यस्तै समानताको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता, खुशी जेष्ठ नागरिक, सुखी बालबालिका : अपाङ्गमैत्री सबै पालिका, जलवायु अनुकूलन र विपद् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार, संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय, संस्थागत सुदृढीकरण : योजनावद्ध विकासलाई आफ्नो घोषणापत्रमा प्रतिवद्धता जनाएको छ ।

घोषणापत्रको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्