सिन्धुपाल्चोकमा कांग्रेस र माओवादीका वडा अध्यक्ष र प्रस्तावित अध्यक्षको उमेदवार नै एमालेमा प्रवेश



सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा काङ्ग्रेस २०७४ को गाउँपालिका अध्यक्षका उमेदवार जय बहादुर लामा र वडा नम्बर ५ का वडा अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेस गरेका छन् ।

आज एक कार्यक्रममाका बीच एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटव्युरो सदस्य अरुण नेपाल केन्द्रीय सदस्य शरेस नेपाल ,केन्द्रीय सदस्य दावा लामा वाग्मती प्रदेश कमिटी सदस्यीयहरु जेपी सिलवाल ,अशोक चौलागाईं ,होम नारायण श्रेष्ठ ,निमफुन्जु शेर्पा , जिल्ला अध्यक्ष कमल नेपालको उपस्थितिमा दर्जनौं नेता कार्यकर्तालाई टिका लगाएर नेकपा एमालेमा स्वागत गरेका थिए।

उता माओवादी सम्बद्ध वाइसिएलका नेता तथा पूर्व लडाकु बिसुन पाख्रिन र प्रशान्त लामासहित करीव दुई दर्जन दोलखाका युवा माओवादी त्यागेर एमालेमा प्रवेश गरेका छन् ।

शनिवार काठमाडौंमा उनीहरुलाई एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले स्वागत गरेका छन् । वाइसिएल नेता पाख्रिन गौरीशंकरका हुन् भने लामासहित अधिकांश युवा मेलुङका छन् ।

प्रतिक्रिया दिनुहोस्