२१ बर्षीय राजाराम बस्नेत बने नेकपा एमालेको कान्छो उम्मेद्वार



काठमाडौं । नेकपा एमालेले दोलखाको तामाकोशी वडा नं. ३ मा वडा सदस्यमा सम्भवत नेपालकै कान्छो उम्मेदवार चुनेको छ ।

बाल अधिकारकर्मी २१ बर्षीय राजाराम बस्नेत सानै उमेरदेखि विद्यालयमा बाल क्लब मार्फत बिभिन्न सामाजिक कामहरु गर्दै आईरहेका छन् । परिवर्तन खबरको कुराकानीमा बस्नेतले भने, ‘नेकपा एमाले जस्तो गौरवशाली पार्टीको तर्फबाट वडा सदस्यमा टिकट पाउनु मेरो लागि गर्वको विषय हो । म चुनाव पनि जित्छु र पार्टीको नीति अनुसार गाउँका जनताहरुको सेवामा समर्पित हुनेछु ।’

नेकपा एमालेप्रति देशभर जनलहर बढ्दै गर्दा युवा पंक्तिको आकर्षणको पार्टी पनि एमाले बन्दै गएको छ । राजाराम जस्ता हजारौं युवाहरु यसपटकको निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् भने सयौं ठाउँमा आफूलाई उम्मेदवारको रुपमा समेत चिनाउँदै छन् ।

यो पनि पढ्नुहोस्

राजाराम बस्नेत जसलाई आफ्नो भन्दा सडकका छाडा कुकुरको चिन्ता छ !

प्रतिक्रिया दिनुहोस्