कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पूर्व राजदूत शेर्पा सहित जम्बो टोली एमालेमा प्रवेश



काठमाडौं । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा र पूर्वराजदूत लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कास्कीको लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ, सागर ढकालसहितको टोली लगायत नेपाल मजदुर किसान पार्टीका जुम्ला जिल्ला पूर्व अध्यक्ष धनबहादुर थापासहितको टोली पनि एमालेमा प्रवेश गरेको छन् ।

माओवादीको सहकारी विभागका प्रमुख समेत रहेका देवकोटा र माओवादीकै पूर्व केन्द्रीय सदस्य तथा अष्ट्रेलियाको लागि नेपाली राजदूत शेर्पासहितको टोली औपचारिक घोषणा सहित नेकपा एमाले प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्