नेकपा एमाले बूढानीलकण्ठले भोली प्रतिवद्धतापत्र सार्वजनिक गर्ने



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाले स्थानीय निर्वाचन २०७९ को नगरपालिका स्तरीय प्रतिवद्धता पत्र डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ गोल्फुटार बास्केटबल मैदानमा बिहान ७ः३० बजेदेखि आयोजना हुने कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता कार्यकर्तालाई सहभागी हुन नगर कमिटीले अपिल गरेको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीले पार्टीको तर्फबाट भोलि नै प्रतिबद्धता सार्वजनिक गर्ने निर्णय गरेसँगै नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले बैशाख ९ गते नै सार्वजनिक गर्न दिएको निर्देशन नेकपा एमाले बूढानीलकण्ठले लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्