नेकपा एमालेले गर्यो आजदेखि बागमती प्रदेशमा प्रचार डेस्कको शुभारम्भ



काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशीनाथ अधिकारीले स्थानीय निर्वाचन लक्षित प्रदेश स्तरीय प्रचार डेस्कको शुभारम्भ गरेका छन् । 

शुभारम्भ समारोहमा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल र बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले प्रदेशभित्रका ११९ वटै पालिकाहरुसँग समन्वय गरी बागमती प्रदेशको प्रचारको कामलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

नेकपा एमाले बागमती प्रदेश उपसचिव तथा प्रकाशन विभाग प्रमुख महेश बड्तौलाको अध्यक्षता र प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाको विशेष आतिथ्यतामा सम्पन्न बैठकले बागमती प्रदेश भित्रको सबै जिल्ला र पालिकाहरुको कामलाई समन्वय र सहयोग गर्न ६ सदस्यीय कमिटीको गठन गरेको छ ।

नवगठित कमिटीमा,

ध्रुवप्रसाद घिमिरे : काठमाडौं–भक्तपुर–सिन्धुली
प्रकाश सिलवाल : धादिङ–चितवन-ललितपुर
शरद सापकोटा : दोलखा–रामेछाप–मकवानपुर
किरण देउजा : सिन्धुपाल्चोक–काभ्रे
समिर बलामी : नुवाकोट–रसुवा

बैठकले नेकपा एमालेका नेता तथा उम्मेदवारको बारेमा टिका टिप्पणी, गाली गलौज, पार्टीलाई असर पर्ने व्यक्तिगत समाचार वा कुनै पनि खालको गतिविधि नगर्ने र नगराउन समेत मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रदेश प्रचार डेस्कले मातहतका जिल्ला तथा पालिकामा रहेको प्रचार डेस्कसँग समन्वय गरी एकीकृत रुपमा सम्प्रेषण गर्नेछ । १३ वटै जिल्लाका प्रचार डेस्कबाट पठाउने समाचार, विचार, फिचर वा भिडियो नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको इमेलः [email protected] पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्