नेकपा माओवादी केन्द्रबाट कामपा १ मा युवा नेता सौरभ दवाडी सर्वसम्मत



काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौं महानगरपालिका वडा नं. १, वडा कमिटीको बैठकबाट अध्यक्ष पदमा युवा नेता सौरभ दवाडी सर्वसम्मत सिफारिस भएका छन् ।

विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका नेता दवाडी अनेरास्ववियु विश्वभाषा क्याम्पस कमिटी अध्यक्ष, जिल्ला उपाध्यक्ष हुँदै अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य समेत भईसकेका छन् ।

स्वतन्त्र रुपमा विभिन्न पदहरुमा गैरराजनीतिक व्यक्तिहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहँदा ३० बर्षीय दवाडी काठमाडौं १ लाई पारदर्शी, कार्यसम्पादनर सहभागीतामूलक विकास निर्माण र प्रविधिमैत्री वडा बनाउने उद्देश्यको साथ उम्मेदवारी दिएको परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्