रोटरी क्लब अफ पशुपतिको रजत महोत्सवमा शिक्षासेवी ज्ञान सर सम्मानित



काठमाडौं । रोटरी क्लब अफ पशुपतिको रजत महोत्सव रोटरी ड्रिष्ट्रिक गभर्नर रोटरियन सन्तोष रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

काठमाडौंको होटल एरपार्टमा सम्पन्न रजत महोत्सव समारोहमा सामुदायिक विद्यालयको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याईरहेका शिक्षासेवी ज्ञानप्रसाद पाण्डेलाई क्लबका संस्थापक अध्यक्ष गणेश बहादुर थापाले सम्मान पत्र र पचास हजार नगद सहित अंगमराज तिमिल्सिना स्मृति ट्रष्ट अवार्डद्वारा सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै क्लबका सदस्य रोटरियन गणेश सुवेदीले स्वर्गीय वुवाआमाको नाममा स्थापित भिमादेवी कुलप्रदिप सुवेदी स्मृति प्रतिष्ठानको तर्फबाट ज्ञान सरलाई एक लाख एक हजारको चेक हस्तान्तरण गरेका थिए ।

समारोहमा प्रमुख अतिथि रोटरियन सन्तोष रिजालले रोटरी क्लब अफ पशुपतिले शिक्षा, स्वास्थ्य, कोभिड जटिलताको समयमा पुर्याएको योगदानको कदर गर्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिकका पूर्व गभर्नरहरु, डिष्ट्रिक कार्यालयका उच्च पदस्थ कर्मचारीहरु, रोटरी कम्युनिटी क्रप्स पशुपतिका संस्थापकहरु, रोट्रयाक्ट क्लब, इन्ट्रयाक्ट क्लबका सदस्यहरु र परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इन्ट्रयाक्ट क्लब पुशपति अफ बालउद्धार स्कूल र रोट्रयाक्ट क्लब पशुपति अफ ल क्याम्पसका पदाधिकारी र सदस्यहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष रोटरियन गणेश बहादुर थापा, संचालन हर्कबहादुर साउदले गरेका थिए । कार्यक्रममा अघिल्लो वर्षका अध्यक्ष सालिकराम अधिकारीले आफ्नो कार्यकालमा भएका कामहरुको भिडियो प्रस्तुति समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्