महाकुलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट भक्त राई सर्वसम्मत



काठमाडौं । नेकपा एमालेले पालिका पदाधिकारी टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएसँगै महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारमा नेकपा एमालेबाट भक्त राई सर्वसम्मत सिफारिस भएका छन् ।

अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी रहेपनि महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले अझै उम्मेद्वार टुंग्याएको छैन ।

पत्रकार पृष्ठभूमिका राईको नाम एमाले पालिका कमिटीले सर्वसम्मत सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्