
काठमाडौं । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ ।
अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको पार्टी कमिटीको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई उम्मेदवारको लागि प्रस्ताव गरेका थिए । उपाध्यक्ष महेश दासले समर्थन गरेको पार्टीले जनाएको छ
२०७४ को चुनावमा जसपाबाट निर्वाचित मेयर सरावगी फागुन २८ मा वडाध्यक्ष र समर्थकसहित एमाले प्रवेश गरेका थिए ।





