सरकारद्वारा विश्व बैंकको ऋण र यूएसएआईडीको अनुदान सहायता स्वीकार



काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्