सिन्धुली फिक्कल-२ मा नेकपा एमालेबाट शंकरबहादुर भण्डारी पुनः दोहोरिने



 काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका –२ को वडा अध्यक्षमा नेकपा एमालेबाट शंकरबहादुर भण्डारीले उम्मेदवारी दिने भएका छन् ।

यसअघि वडा अध्यक्ष भइ पाँच वर्षीय कार्यकाल पूरा गरिसकेका भण्डारीलाई पार्टीले सर्वसम्मत रुपमा अर्को निर्वाचनको लागि उम्मेदवार घोषित गरेको हो ।

पाँच वर्षीय कार्यकालमा जनतासँग जोडिएर जनताको राम्रो अभिभाकत्व निर्वाह गरेको दाबी गर्दै भण्डारीले ५ वर्षको कार्यकालमा बाँकी रहेका काम पूरा गर्नको लागि आगामी कार्यकालमा पनि आफू नै दोहोरिन चाहेको बताउँछन् ।

सडक निर्माण, शिक्षा, स्वास्थ्यमा सहज र सेवा मुलकका साथ साझा रुपमा जाने र पूर्वाधारका बाँकी कामहरूलाई विकास गर्ने, गाउँमा रोजगारीका अवसर सिर्जना गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै उनले फिक्कललाइ धार्मिक, सांस्कृतिक र पर्यटकीय विविधतायुक्त अथाह सम्भावनालाई सुन्दर बनाउनमा जोड दिने समेत बताए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा फिक्कल २ बाट अध्यक्षमा निर्वाचित भएका भण्डारी २०७८ को नेकपा एमालेको महाधिवेशनमा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्