फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त



काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् ।

नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका छन् । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड कोकाकोलामा  आबद्ध थिए । उनले कोकालामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर, कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेड लगायतको भूमिकामा कार्यकुशलता प्रदर्शन गरेका छन् ।

फोनपेमा उनले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवर्द्धनको कार्य सम्हाल्नेछन् । उनको आगमनसँगै  कम्पनीले थप सफलता हाँसिल गर्ने अपेक्षा गएिको छ ।

प्रतिक्रिया दिनुहोस्