काभ्रेको पहिलो सामुदायिक विद्यालयमा चित्रकला तारा, संगीत तारा र नृत्य तारा घोषणा



काभ्रेको पनौती नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुबाट पहिलो पटक सामुदायिक विद्यालय चित्रकला तारा, संगित तारा र नृत्य तारा घोषणा गरि अवार्ड वितरण गरिएको छ । फ्रिडम टु लर्न युकेको सहयोगमा पनौतीको सामुदायिक शिक्षा सुधारमा विगत ६ वर्षदेखि क्रियाशील ग्रामीण सामुदायिक संगठनले उक्त तारा घोषणा गरि बालबालिकाहरुलाई पुरस्कृत गरेको हो । मंगलवार पनौतीमा भएको समारोहमा संविधान सभा सदस्य रामहरि सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन प्रोफेसर डक्टर निलम कुमार शर्मा र आयोजक संस्थाका कार्यकारी निर्दशक श्रीकृष्ण थापाले संयुक्त रुपमा चित्रकला तारा, संगित तारा र नृत्य तारा घोषित हुनुभएका बालबालिकाहरुलाई अवार्ड वितरण गरेका छन् ।

संस्थाका कार्यकारी निर्देशक थापाका अनुसार विगत ५ महिनादेखि हरेक शनिवार बालबालिकाहरुलाई एकठाउँमा जम्मा गरी नियमित रुपमा सम्वन्धित विषयमा प्रशिक्षित गरिएको थियो । पनौती १ मा अवस्थित शान्तिनिकेतन मावि प्रांगणमा नृत्य, पनौती ७ मा रहेको इन्द्रेश्वर मा वि प्रांगणमा संगित र पनौती १० मा रहेको बाल आदर्श मा वि प्रांगणमा चित्रकलाको प्रशिक्षण सञ्चालन गरिएको थियो । चित्रकलामा २५ जना, नृत्यमा २५ जना र संगितमा ५० जना गरी कुला १०० जना बालबालिकाहरु प्रशिक्षणमा समावेश गरिएका थिए ।

संगित र नृत्य विधाका बालबालिकाहरुलाई विभिन्न समूहमा विभाजन गरि समूहगत प्रतिष्पर्धा गराइएको थियो भने चित्रकलाका सहभागीहरुले व्यक्तिगत प्रतिष्पर्धा गरेका थिए । संगित विधाको समूह ४ मा रहेका ७ जना बालबालिकाहरुलाई, नृत्य विधामा समूह ५ मा रहेका ५ जना बालबालिकाहरुलाई र चित्रकलामा सहभागी मध्ये ४ जना बालबालिकाहरुलाई सम्वन्धित विधाको तारा घोषणा गरी अवार्ड वितरण गरिएको थियो ।

नृत्य तारा

दिपिका खत्री – श्री कुशादेवी मा वि, पनौती २

अनिता तामाङ – श्री शान्तिनिकेतन मा वि, पनौती १

एलिना थापा – श्री कुशादेवी मा वि, पनौती २

खुशी सापकोटा – श्री भालचन्द्र मा वि, पनौती १

संगित तारा

सलिना श्रेष्ठ – श्री बालप्रकाश मा वि, पनौती १२

प्रकृतिमाया घिसिङ – श्री पुन्य मा वि, पनौती ७

अस्मी तामाङ – पनौती आधारभूत विद्यालय, पनौती ७

भूमिका माया न्यासुर – भालेश्वर मा वि, पनौती ८

करुणा लामा – अम्विका बालबिकास आधारभूत विद्यालय, पनौती ४

रन्जिता परियार – अम्विका बालबिकास आधारभूत विद्यालय, पनौती ४

रेश्मा थामी – श्री पुन्य मा वि, पनौती ७

चित्रकला तारा

मनिता तामाङ – श्री कमलादेवी मा वि, पनौती ११

सुमन पहारी – श्रीराम मा वि, पनौती १०

प्रमिला श्रेष्ठ – श्रीराम मा वि, पनौती १०

मनिषा कार्की – श्री बाल आदर्श मा वि, पनौती १०

प्रतिक्रिया दिनुहोस्