नयाँवर्ष २०७९ वातावरणमैत्री निर्माण सामाग्री प्रयोगको वर्ष होस् : अध्यक्ष कवां



काठमाडौ । वातावरणमत्री निर्माण सामाग्रीको प्रयोग गर्न सके वातावरण विनासबाट जोगिनसक्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालि राधेराधे भक्तपुरले मंगलबार भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बक्ताहरुले यसो हुन सके वातावरण जोगिने मात्रै नभई निर्माण सामाग्री हरित क्रान्ति आउने पनि बताए । 

कार्यक्रममा संस्थाका अध्यक्ष विश्वराम कवांले नयाँंवर्ष २०७९ वातावरणमैत्री निर्माण सामाग्रीको वर्ष होस् भनी कामना गरे । उनले निर्माण सामाग्रीमा हरित क्रान्ति हेर्ने हो भनी निर्माण सामाग्रीको प्रयोगमा क्रान्ति गर्नुपर्ने खाँंचो औल्याए । प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिलाई संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोग गर्न उनले जोड दिए ।

प्रालिको कर्पाेरेट अफिस राधेराधे भक्तपुरमा नयाँंवर्ष २०७९ को अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष कवांले २०७९ साल वातावरणको संरक्षण गरी बनेका इको प्यानलको प्रयोगमय वर्ष होस् भनी कामना गरे । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने मुल नाराका साथ प्रालिले गोर्खा इको प्यानलको उत्पादन गर्दै आएको छ ।

कार्यक्रममा प्रालिका निर्देशकद्धय कृष्णराम देउपाला, हरिराम बुयोले अहिलेको युग आधुनिक निर्माण सामाग्री प्रयोग गर्ने युग भएको बताए । गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां, महाप्रबन्धक जीवन खाइतूले गोर्खा इको प्यानल देशका ७० जिल्लामा पुगेको जानकारी गराए ।

गोर्खा इको प्यानल इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिद्धारा उत्पादित नयाँं निर्माण सामाग्री हो । यो स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । भूकम्प प्रतिरोधी, हलुका, वातावरणमैत्री भएकाले यसको लोकप्रियता देशभरि नै छ । हिमाल, तराई र पहाड सवैतिर उतिकै रुचाइएको गोर्खा इको प्यानलबाट भौतिक संरचना निर्माण गर्दा तीव्र निर्माण सम्भब हुन्छ । कारखानामा पहिला नै बनेको र निर्माणस्थलमा जोडदा मात्रै पुग्ने भएकाले यसबाट तीव्र निर्माण सम्भब भएको हो । 

प्रतिक्रिया दिनुहोस्